किन र कसरी हुन्छ सीमा क्षेत्रमा स्पेयर पार्ट्सको तस्करी ?
खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै...
सवारीसाधन र बिभिन्न मेसिनरी उपकरणहरुमा प्रयोग हुने लुब्रिकेन्ट्सको उत्पादन नेपालमै हुने क्रमले तिब्रता पाइरहेको छ । ४० बर्षअघि सरकारी स्वमित्वमा संचालनमा आएको नेपालकै पहिलो लुब्रिकेन्ट उद्योग गल्फ सहित अहिले १ दर्जन बढी ब्रान्डका लुब्रिकेन्ट्स स्वदेशमै उत्पादन भैरहेका छन् । गल्फ सहित कन्ट्रोल, पिएलओ, एमवी, एन ल्यूब, मोटोरोल, म्याक्सकोल र स्मार्टसहित अन्य ब्रान्डका स्वदेशी उत्पादन उपलब्ध रहँदै आएको नेपाली बजारमा भारतीय ब्रान्ड सर्बो र एचपीले समेत प्लान्ट लगाउने तयारी थालेका हुन् ।
सरकारले केही समय पहिले लुब्रिकेन्ट्सको सन्दर्भ मूल्य सूची बढाएर प्रतिलिटर २ सय ५० रुपैयाँसम्म पु¥याएपछि यी दुई कम्पनी स्वदेशमै उत्पादन गर्न जुर्मुराएका हुन् । सर्बो लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीको लुब्रिकेन्ट्स डिभिजन प्रमुख दिपक कुमार कम्पनीले अहिले प्रारम्भिक अध्यान गरिरहेको बताउँछन् । ‘स्वदेशमै उत्पादन थाल्न सकिन्छ कि भन्ने बिषयमा अहिले हामीले अध्यायन गरिरहेका छौ । ढिलोचाँडो स्वदेशमै उत्पादन थाल्नुको बिकल्प नदेखिएका कारण सर्बोको प्लान्ट नेपालमा लाग्ने लगभग पक्कापक्की जस्तै भए पनि कहिलेदेखी उत्पादन शुरु हुन्छ भन्ने बिषयमा अहिलेनै किटान गर्न सकिरहेका छैनौ’ उनले नेपाल अटोसंग भने ।
भारत सरकारको समेत स्वमित्व रहेको इन्डियन आयल कर्पोरेसनले उत्पादन गर्ने सर्बो नेपालमा सर्बाधिक खपत हुने लुब्रिकेन्ट्स हो । यसको टु ह्विलर र इन्डस्ट्रियल आयलमा निकै राम्रो पकड रहँदै आएको छ ।
त्यसैगरी अर्को भारतीय स्वमित्व रहेको हिन्दुस्तान पेट्रोलियम कर्पोरेशनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले समेत प्लान्ट लगाउने तयारीलाई तिब्रता दिएको बुझिएको छ । २ बर्षअघि उक्त ग्रुप मातहत डिलरसिप आएपछि अहिले यो ब्रान्डले नेपालमा आक्रमक बजार बिस्तार गरिरहेको छ । एमएडब्लु ग्रुप स्रोतका अनुसार कम्पनीको फोकस अहिले स्वदेशमै उत्पादन युनिट लगाउनमा बढी केन्द्रित भैरहेको छ । उत्पादन प्लान्ट लगाउने पक्कापक्की जस्तै भएपनि उत्पादन कहिलेदेखी शुरु हुन्छ भन्ने बिषयमा भने उक्त स्रोतले कुनै जानकारी दिन मानेन ।
भारतीय बजारमै सर्बो र एचपी लुब्रिकेन्ट्स बिच कडा प्रतिस्पर्धा भैरहेका कारण नेपाली बजारमा एक आपसमा प्रतिस्पर्धा गर्न यी दुई कम्पनीले उत्पादन युनिट लगाउन लागेको सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसैगरी स्पेयर पार्ट्सको कारोबारमा ख्याती कमाएको सत्यदिप ग्रुप अन्तर्गतको युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले समेत प्लान्ट निर्माणको कम दु्रततर गतीमा अघि बढाइरहेको छ । अबको केही महिनापछि नयाँ ब्रान्डको लुब्रिकेन्ट्सलाई नेपाली बजारमा ल्याइसक्ने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले बताए । उनका अनुसार प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।
खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै...
विदेशी मुद्राको संचितिमा दवाव महशुस गदै नेपाल राष्ट्र वैंकले ३ सयभन्दा...
ब्रेकिङ सिस्टममा लगातार सुधार भइरहेको छ । ब्रेकिङ सिस्टम अन्तर्गत डिस्क...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...