हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखी लागु हुनेगरी नयाँ मूल्य सुची सार्बजनिक गरेको छ । नयाँ मूल्य सुची अनुसार हुन्डाइको नेपालमा बिक्री हुने सम्पूर्ण मोडलका गाडीहरुको मूल्य बृद्धि भएको छ । जसमध्ये कोना इलेक्ट्रिक कारमा १ लाख रुपैयाँको दरले मूल्य बढाइएको हो ।

नेपाली बजारमा कोनाको जिएल र जिएलएस गरी दुई भेरियन्टका इलेक्ट्रिक क्रसओभर उपलब्ध रहँदै आएको छ । यसअघि ५९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको जिएलएसको मूल्य बढाएर ६० लाख ९६ हजार र जिएलको ५६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ पुर्याइएको छ ।

कोनामा हुन्डाइ मोटर्सले ३९.२ किलोवाट आवर साइजको ब्याट्री प्याक उपलब्ध गराएको छ । यो गाडीको अधिकतम पावर १०० किलोवाट र टर्क ३९५ एनएम रहेको छ । यो गाडीलाई १५५ किलोमिटरको उच्चतम गतिमा हाँक्न सकिन्छ । डिसी फास्ट चार्जरको साहयतामा ५४ मिनेटमा ८० प्रतिहत चार्ज गर्न सकिने यो गाडीले ३ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

कोना नेपाली बजारमा सर्बाधिक रुचाइएको इलेक्ट्रिक कार मध्ये एक हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले आजदेखी गाडीको मूल्य बृद्धि हुने जानकारी दिएर अग्रिम बुकिङ लिने ग्राहकलाई पुरानै मूल्यमा गाडी उपलब्ध गराउने जानकारी यसअघि नै दिएको थियो ।

सम्बन्धित समाचारहरू

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...

कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि...

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइएको हुन्डाई आई२० को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...