थप फिचरका साथ दुई भेरिएन्टमा आयो २०२२ एमजी जेडएस ईभी, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध एमजी अर्थात मोरिस ग्यारेजको जेडएस ईभीको २०२२ भर्सन सार्वजनिक गरिएको छ । स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा आउने एमजी जेडएस ईभीमा दुई वटा ब्याट्री प्याकको विकल्प पाउन सकिन्छ ।

नयाँ एमजी जेडएस ईभी मध्ये एउटामा ५१.५ किलोवाट हाइटेक ब्याट्री हुनेछ र यसको रेन्ज ३१९ किलोमिटर हुनेछ । त्यसैगरी अर्को ७२.६ किलोवाट ब्याट्री हुनेछ, जसको रेन्ज ४४० किलोमिटर हुनेछ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।

एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्सटेरियरमा नयाँ डेकोरेसन र अपडेट गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।

यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

५१.५ किलोवाट ब्याट्रीयुक्त गाडीको मूल्य ५१ लाख ९९ हजार र ७२.६ किलोवाट ब्याट्रीयुक्त गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा पहिले देखि नै ४४.५ किलोवाट ब्याट्रीयुक्त एमजी जेडएस ईभी बिक्री भइरहेको थियो र यसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ थियो ।

सम्बन्धित समाचारहरू

एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित

एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित

एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै...

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

भारतमा चाँडै लन्च हुने भयो एमजी मोटरको सस्तो ईभी

एमजीले भारतीय बजारमा ल्याउने भनिएको आगामी इलेक्ट्रिक कार इन्डोनेसियामा...

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...