चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने
काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...
काठमाडौं – नेपाली बजारमा दुई पांग्रे सवारी साधनका लागि उपयुक्त प्रिमियम लुब्रिकेन्ट ब्रान्ड ‘रेप्सोल’ भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा शिव शक्ति इन्टरकन्टिनेन्टल प्रालिले रेप्सोल लुब्रिकेन्ट भित्र्याउने भएको हो ।
विभिन्न प्रकारका मोटरसाइकलमा प्रयोग गर्न सकिने रेप्सोल लुब्रिकेन्टका विभिन्न रेन्ज उपलब्ध हुनेछन् । ८ पटकका मोटोजीपी वर्ल्ड च्याम्पियन मार्क मार्केज र रेप्सोल होन्डा फ्याक्ट्री रेसिङ टिमले यो लुब्रिकेन्ट प्रयोग गर्नका लागि सिफारिस गर्ने गरेका छन् ।
रेप्सोलले सिन्थेटिक, मिनरल र ईस्टरमा आधारित विभिन्न रेन्जका लुब्रिकेन्ट उपलब्ध गराउछ । विश्वमै प्रसिद्ध मानिने यो लुब्रिकेन्टमार्फत नेपालको प्रिमियम लुब्रिकेन्ट बजारमा बर्चस्व कायम गर्ने शिव शक्ति इन्टरकन्टिनेन्टलले विश्वास गरेको बताएको छ ।
नेपालभर डिलर नेटवर्क विस्तार गर्ने र यसका लागि इच्छुक कम्पनीहरुलाई शिव शक्ति इन्टरकन्टिनेन्टलले आह्वान समेत गरेको छ ।
स्पेनको म्याड्रिडमा अवस्थित रेप्सोल एक मल्टी नेसनल इनर्जी तथा पेट्रोकेमिकल कम्पनी हो । विश्वका १ सय भन्दा बढी देशमा प्रयोग हुने रेप्सोल युरोपको टप १० इनर्जी सप्लायर मध्ये एक मानिन्छ ।
काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...
काठमाडौं–हेटौडा अटोमोबाइल्स एसोसिएसनका पदाधिकारी तथा सम्पूर्ण...
काठमाडौं–टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...