तयार हुँदै अब एमजी साइबर एक्स, चर्चामा पप–अप हेडलाइट, ओप्पोको ककपिट र कनेक्टिभिटी
एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल...
एमजी मोटर इन्डियाले कम्पनीले पेश गरेको मोडल अनुभव गर्नका लागि एआर टेक्नोलोजीद्वारा सञ्चालित डिजिटल प्लेटफर्म एमजी एक्सपर्ट लन्च गरेको छ । यो प्लेटफर्म एमजी मोटर इन्डियाको वेबसाइटमा उपलब्ध छ, जसले ग्राहकलाई घरमै बसेर एमजी शोरूम भ्रमण गर्ने अनुभव प्रदान गर्छ ।
कोरोना महामारीको समयमा कार निर्माताहरुले अनलाइन बिक्री प्लेटफर्महरू सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा एमजी मोटर पनि आफ्ना सम्भावित ग्राहकहरूलाई अनलाइन कार खरिद अनुभव प्रदान गर्न अगाडि सरेको छ । डिजिटल प्लेटफर्म भए पनि यसले कार खरिद प्रक्रियालाई सहज बनाउने एमजीको भनाइ छ ।
यस प्लेटफर्ममा कुनै पनि मोडेल र भेरिएन्टको मूल्य, फिचर र अन्य सबै विवरणहरू बारे ग्राहकलाई जानकारी प्रदान गरिन्छ र कुनै पनि प्रश्नको जवाफ उपलब्ध हुन्छ । यस प्लेटफर्ममा ग्राहकलाई कारको सम्पूर्ण जानकारी अडियो–भिजुअल माध्यमबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसले ग्राहकलाई ईएमआई र टेस्ट ड्राइभसँग सम्बन्धित जानकारी पनि दिन सक्छ ।
हाल यो सेवा केही स्थानमा मात्र उपलब्ध हुनेछ तर छिट्टै नै राष्ट्रव्यापी रूपमा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसको लागि कम्पनीका केही प्रतिनिधिहरूलाई तालिम पनि दिइँदैछ ।
आगामी दिनमा नेपालमा पनि यो प्लेटफर्म उपलब्ध हुने आशा गर्न सकिन्छ । नेपालमा पनि एमजीका गाडीहरु बिक्रीका लागि उपलब्ध छन् ।
एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल...
काठमाडौं – एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले...
काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...