नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २ २०० एक हो । हेर्दा निकै आकर्षक देखिने यो स्पोर्ट्स बाइकलाई एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको हो ।

चीनमा उत्पादन हुने इटालियन ब्रान्ड टारो विश्वका विभिन्न देशमा बिक्री हुने प्रतिष्ठित ब्रान्ड हो । नेपाली बजारमा अर्को प्रतिस्पर्धीको रुपमा अब यो ब्रान्ड र यसका विभिन्न मोडल थपिएका छन् ।

जीपी २ २०० मा १९८ सीसीको ओएचसी, लिक्विडकुल्ड सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ८००० आरपीएममा १२.५ किलोवाट पावर र ६००० आरपीएममा १७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड मल्टिप्लेट वेट क्लच ट्रान्समिसन रहेको छ ।

यसको अघिल्लो भागमा पोजिटिभ सक एब्जर्बर र पछिल्लो भागमा सिंगल ग्यास एब्जर्बर सस्पेन्सन छ । यसको अघिल्लो भागमा ड्युअल र पछिल्लो भागमा सिंगल डिस्क ब्रेक छ ।

१३० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकको सिट हाइट ७६० एमएम छ भने कर्ब वेट १५५ केजी छ । १० लिटरको इन्धन ट्यांकी रहेको यो बाइकको ह्विलबेस १, ३१३ एमएम छ ।

यो बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्रिरहेको समयमा...

क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर

क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...