रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च हुने अन्तिम तयारीमा
रोयल इन्फिल्डले इलेक्ट्रिक सवारी क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको छ।...
पछिल्लो केही बर्षयता भारतमा मोटरसाइकलको उत्पादन लागत बढिरहेका कारण रोयल इन्फिल्डको मूल्य समेत बढिरहेको छ । सोहि कुरालाई मध्यनजर गर्दै यो कम्पनीले निकट भबिष्यमै कम मूल्यमा इन्ट्रि–लेभल बाइक ल्याउने तयारी थालेको छ । उसले ल्याउने यो नयाँ बाइक पुरानो मोडल बुलेट ३५० को प्लेटफर्ममा आधारित रहने जनाइएको छ । लागत कम गर्न कम्पनीले क्लासिक ३५० र मेटियर ३५० मा हाल प्रयोग भैरहेको नयाँ जे प्लेटफर्मलाई यो बाइकमा प्रयोग नगर्ने भएको हो । साथै उसले इन्स्ट्रमेन्ट लिस्टमा समेत भारी कटौती गर्न सक्ने देखिएको छ ।
यो नयाँ बाइकमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डिस्क ब्रेक र सिंगल च्यानल एबिएस मात्र उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ । त्यसैगरी बाइकको लाइटिङमा समेत कटौती गरी हेलोजिन लाइट मात्र उपलब्ध गराउन सक्ने र नेभिगेसन ट्रिपरलाई पनि अप्सनमा मात्र उपलब्ध गराउन सक्ने देखिएको छ ।
यो नयाँ बाइकमा जडान गरिने इन्जिन र पावरट्रेनका बारेमा बिस्तृत विवरण सार्बजनिक भैनसकेपनि बुलेट ३५० मा जडान गरिएको ३४६ सिसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ । जसको अधिकतम पावर १९.४ पिएस र टर्क २८ एनएम रहँदै आएको छ ।
यो नयाँ बाइकको मूल्य भारतमा १ लाख १० हजार देखी १ लाख ३० हजार भारुसम्म पर्न सक्ने अनुमान गरिएको छ भने लन्च पश्चात यसले जावा ४२ र आफ्नै क्लासिक ३५० र बुलेट स्टान्डर्ड ३५० संग प्रतिस्पर्धा गर्नेछ ।
रोयल इन्फिल्डले इलेक्ट्रिक सवारी क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको छ।...
भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य...
रोयल इन्फिल्डले लगभग २ लाख ३९ हजार मूल्यमा हन्टर ३५० लन्च गरेको छ । यसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...