हिरो एक्सपल्स २०० को प्रतिस्पर्धामा होन्डाले एड्भेन्चर बाइक एनएक्स २०० ल्याउने
होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा...
होन्डा टु ह्विलरको नेपालमा लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले नजिकको मल तथा भाटभटेनी डिपार्टमेन्टल स्टोरमा गएर ग्राजिया बिएस६ बुकिङ गर्न सकिने ब्यावस्था मिलाएको छ । ग्राहकले ५ हजार रुपैयाँसम्ममा बुकिङ गर्न सक्ने र उक्त रकम बराबर नै क्यास ब्याक समेत पाउन सकिने बताइएको छ । उपत्यकाको लबिम मल, पुल्चोक र भक्तपुरस्थित भाटभटेनिमा गएर यो स्कुटर बुकिङ गर्न सकिने छ ।
त्यसैगरी उपत्यका बाहिर पोखरा, वुटवल, नारायणघाट र इटहरीमा रहेको भाटभाटेनीमा समेत यो सुबिधा उपलब्ध गराइएको छ । उक्त सुबिधा लिन लबिम मालमा ९ गतेसम्म, पुल्चोकस्थित भाटभटेनीमा आजदेखी ८ गतेसम्म र भक्तपुरको भाटभाटेनीमा यसै महिनाको १३ देखी १५ गतेसम्मका लागी मिती तोकिएको छ । उपत्यका बाहिर भने बिभिन्न स्थानमा रहेको भाटभटेनीमा फरकफरक मिती तोकिएको छ ।
यस्तो छ बिएस६ ग्राजिया
बीएस६ इन्जिनयुक्त होन्डा ग्राजियामा १२४ सीसीको इन्जिन छ, जसले ६००० आरपीएममा ८.२५ पीएस पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यसको दुवै पांग्रामा ड्रम ब्रेक रहेको छ । १०८ किलोग्राम तौल भएको यो स्कुटरमा ट्युबलेस टायर र अलोय ह्विल रहेको छ । ५.३ लिटरको इन्धन ट्यांकी भएको स्कुटरमा ११६७ एमएमको सिट हाइट छ ।
यसमा आकर्षक एलईडी र फ्रन्ट एप्रोनभन्दा माथि प्रयोग भएको एलईडी हेडल्याम्पले पहिलेको तुलनामा केही नयाँ लुक्स पाउन सकिन्छ । साइड बडी प्यानलका साथै पछाडिको ब्रेक लाइटको भाग पहिलेभन्दा आकर्षक देखिन्छ । यो स्कुटरमा १२५ सीसी होन्डा इको टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा इनह्यान्स स्मार्ट टेक्नोलोजिका साथै एसीजी स्टाटर मोटर रहेको छ ।
यो स्कुटरमा नयाँ इन्स्ट्रुमेन्ट कल्स्टर दिइएको छ । रियल टाइम माइलेज, एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचर थप भएको छ । यसका साथै साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्ट प्रविधि पनि यसमा छन । एलईडी स्प्लीट पोजिशन ल्याम्प, पहिलेभन्दा बढी ग्राउण्ड क्लियरेन्स र जेट इन्सपायर रियर विङकर्स रहेको छ यसले स्कुटरको रियर भ्यु आर्कषक बनाएको छ ।
यो स्कुटरमा फुल डिजिटल मिटर रहेको छ, जसमा रियल टाइम माइलेज थाहा पाउन सकिन्छ । यसमा स्प्लिट एन्ड पोजिसन ल्याम्प तथा हेडल्याम्प रहेको छ । यो स्कुटरमा १७१ एमएम सम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ र होन्डाले यसलाई बेस्ट इन क्लास भनेको छ । स्कुटरमा भएको आइडलिङ स्टप सिस्टमले इन्धन बचाउन सहयोग गर्छ ।
ग्राजिया बिएस६ स्ट्यान्डर्ड र डिलक्स गरी कुल दुई भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसको मूल्य क्रमश २ लाख ७५ हजार ९ सय र २ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
होन्डाले भारतमा एनएस २०० बाइकको ट्रेडमार्क दर्ता गरेको छ । यसका आधारमा...
काठमाडौं – होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य भदौ ७ पश्चात बढ्ने भएको छ ।...
काठमाण्डौ– होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...