एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई अनुरोध गर्दे पत्राचार गरेको छ । राष्ट्र बैंकले जारी गरेको सवारीसाधन र स्पेयर पार्टस आयतमा खोलिने एलसीमा ५० देखी सत्प्रतिशत सम्मको क्यास मार्जिको प्रावधानले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको व्यवस्था लागु गर्न अनुरोध गर्दै नाडाले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तिय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न पत्रमार्फत माग गरिएको छ ।

साथै उसले बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णय गरेको र यसले कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचार गर्नका लागी राष्ट्र बैंङ्कसंग अनुरोध समेत गरेको छ । यसरी ब्याजदर बढ्दा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने नाडाले ठहर गरेको छ ।

उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको उक्त पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं – जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...