आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको लागि आयोजना गरिने नेपाल राइडर्स मिट आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा हुने भएको छ । यो भन्दा पहिले फेब्रुअरी ११ देखि १३ सम्म उक्त राइडर्स मिट गर्ने तयारी भए पनि ओमिक्रोन भाइरसका कारण सम्भव भएको थिएन ।

फ्रेन्ड्स अफ रोयल इन्फिल्ड अर्थात फोरे नेपालको आयोजनामा आगामी सो राइडर्स मिटको सिजन ४ आयोजना हुने भएको हो । गत वर्ष कोभिड–१९ का कारण हुन नसके पनि यो वर्षका लागि तयारी थालिएको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्डले बताए ।

यसका लागि रजिष्ट्रेसन समेत खुला गरिएको छ । नेपाली राइडरका लागि ९ हजार ६ सय रुपैयाँ, भारतीय राइडरका लागि ६ हजार ५ सय भारु र अन्य विदेशी राइडरका लागि १ सय डलर रजिष्ट्रेसन शुल्क तोकिएको छ । फोरे नेपालको वेबसाइटमार्फत यसको रजिष्ट्रेसन गर्न सकिन्छ ।

मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

फोरे नेपाल अन्तर्गत हेटौंडाको स्थानीय रोयल इन्फिल्ड क्लब ‘हेटौंडा इन्फिल्डर्स मकवानपुर’ को आयोजनामा सो इभेन्ट हुनेछ । मकवानपुरको सान्नानीटारमा हुने सो कार्यक्रमका संयोजक तथा हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीका अनुसार राइडर्स मिटमा नेपालभर रहेका विभिन्न क्लबका राइडर मात्र नभई भारत, भुटान, अमेरिका, स्विट्जरल्यान्ड र अष्ट्रेलियाका राइडर समेत सहभागी हुने छन् । यसमा ३ सय ५० भन्दा बढी राइडर सहभागी हुने उनले बताए ।

राइडर्स मिटको अवसरमा लाइभ ब्यान्ड, स्लो र डर्ट बाइक रेस, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छ । २ रात र ३ दिनको कार्यक्रमका लागि जंगलको बीचमै टेन्ट गाडेर सबै मनोरञ्जनको व्यवस्था गरिने छ । राइडरहरुलाई नयाँपनको अनुभव दिनका लागि पनि यस प्रकारको राइडर्स मिट आयोजना गरिने प्रचलन रहेको डायमन्डले बताए ।

आगामी मार्च १२ देखि भारतको हैदरावादमा हुने १९औं राइडर मेनियामा समेत हेटौंडामा हुने सो राइडर्स मिटको प्रवद्र्धन गर्ने कार्यक्रम छ । यसका लागि नेपालबाट १८ जना राइडरहरु मार्च ६ मा हैदरावाद सम्म बाइक राइड गर्दै पुग्ने र कार्यक्रममा सहभागी हुने तयारी भएको समेत सरकारले बताए ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

काठमाडौं देखि हलेसी राइडका लागि राइडर प्रस्थान, ८० जना रोयल इन्फिल्ड राइडर सहभागी

काठमाडौं देखि हलेसी राइडका लागि राइडर प्रस्थान, ८० जना रोयल इन्फिल्ड राइडर सहभागी

काठमाडौं – रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो...

बुलेटसँग प्रतिस्पर्धा गर्न ४०० सीसी सेगमेन्टमा कावासाकी इलिमिनेटर आउँदै

बुलेटसँग प्रतिस्पर्धा गर्न ४०० सीसी सेगमेन्टमा कावासाकी इलिमिनेटर आउँदै

स्पोर्ट्स बाइक निर्माता कम्पनी कावासाकीले छिट्टै भारतमा रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...