आयो ३.५ सेकेन्डमा १०० किमी प्रतिघण्टा स्पिड गुड्ने बीएमडब्ल्युको कम्पटिसन लक्जरी कार

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले एम४ कम्पटिसन कुपे लन्च गरेको छ । सो लक्जरी कारको लुक निकै आक्रामक देखिन्छ । कम्पनीले यो कार भारतीय बजारमा १ करोड ४३ लाख भारुमा लन्च गरेको हो ।

बीएमडब्ल्युको एम४ कम्पटिसनमा लेजरलाइटको साथ एडजस्टेबल हेडलाइट उपलब्ध छ । कारको छत कार्बन फाइबर रफ्ड प्लास्टिकबाट एरोडायनेमिकल कस्टमाइज फिन, रियर स्पोइलर र दुई जोडी एक्जस्ट टेलपाइपबाट बनेको छ ।

कारको इन्टेरियरमा १२.३ इन्चको स्क्रिन डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसलाई स्टेयरिङ ह्विलमा रहेको मल्टीफंक्सन बटनहरू, आइ–ड्राइभ कन्ट्रोलरको साथ भ्वाइस कन्ट्रोलबाट नियन्त्रण गर्न सकिन्छ ।

बीएमडब्ल्युले एम४ कम्पटिसन तीन लिटर ट्विन टर्बो स्ट्रेट–६ को साथमा उपलब्ध छ, जसले अधिकतम ५०३ बीएचपीको पावर र ६५० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनलाई ८ स्पिड एम स्टेप्ट्रोनिक अटोमेटिक गियरबक्ससँग जोडिएको छ, जसलाई एम एक्सड्राइभ सिस्टम मार्फत चार वटै पाङ्ग्राहरूमा पठाइन्छ । यो कारको सनरुफ निकै राम्रो छ । कार ३.५ सेकेन्डमा ० देखि १०० किमी÷घन्टाको टप स्पिडमा पुग्न सक्छ ।

सम्बन्धित समाचारहरू

१४ लाख ९० हजार भारुमा लन्च भयो बिएमडब्लुको इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

१४ लाख ९० हजार भारुमा लन्च भयो बिएमडब्लुको इलेक्ट्रिक स्कुटर, यस्ता छन् विशेषता

बिएमडब्लु मोटोरार्डले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ लाई भारतमा लन्च...

बिएमडब्लुले ल्यायो ४५० सिसीको नयाँ मोटरसाइकल, ३१० जिएसलाई प्रतिस्थापन गर्ने

बिएमडब्लुले ल्यायो ४५० सिसीको नयाँ मोटरसाइकल, ३१० जिएसलाई प्रतिस्थापन गर्ने

काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो...

४०१ सीसी माथिका मोटरसाइकलमा घट्यो १ लाख दस्तुर, यी महंगा मोटरसाइकललाई हुनेछ फाइदा

४०१ सीसी माथिका मोटरसाइकलमा घट्यो १ लाख दस्तुर, यी महंगा मोटरसाइकललाई हुनेछ फाइदा

काठमाडौं – आर्थिक वर्ष २०७८७९ का लागि सार्वजनिक गरिएको बजेटमार्फत ४०१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...