नेपाल भित्रियो फोर्स गोर्खा : औपचारिक लन्च केही दिन पछि गरिने, मूल्य ६९ लाख ७९ हजार

काठमाडौं नेपाली बजारमा धेरै समय देखि प्रतीक्षारत फोर्स गोर्खा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले यो गाडी परीक्षणको लागि भित्र्याएको हो ।

आयाम इन्टरकन्टिनेन्टलको पोखरा सोरुममा यो गाडी उपलब्ध छ । काठमाडौं सोरुममा पनि केही दिन भित्रै यो गाडी आउने कम्पनी स्रोतको भनाइ छ । फोर्स गोर्खा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल बीएस६ इन्जिन सहितको अपग्रेडेड गोखो भित्रिएको हो ।

भारतमा समेत यसको माग अत्यधिक भएकाले यसको मूल्य समेत बढाइएको छ । भारतमा यसको मूल्य १४ लाख १० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा यसको मूल्य ६९ लाख ७९ हजार हुने कम्पनी स्रोतको अनौपचारिक भनाइ छ । यद्यपि कम्पनीले अझै नेपाली बजारमा यसको मूल्य सार्वजनिक गरेको छैन ।

आगामी दिनमा यसको औपचारिक लन्च गरिने र मूल्य समेत सार्वजनिक गरिने छ । नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।

एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।

यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...

नयाँ २०२१ फोर्स गोर्खा एसयूभीको लन्चिङ समय सार्वजनिक, अफ रोडर महिन्द्रा थारसँग प्रतिस्पर्धा हुने

नयाँ २०२१ फोर्स गोर्खा एसयूभीको लन्चिङ समय सार्वजनिक, अफ रोडर महिन्द्रा थारसँग प्रतिस्पर्धा हुने

फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक...

लन्च भयो फोर्सको अफरोड एसयूभी गुर्खा, ७९ लाख मूल्यमा उपलब्ध एसयूभीमा यस्ता छन् गजब फिचर

लन्च भयो फोर्सको अफरोड एसयूभी गुर्खा, ७९ लाख मूल्यमा उपलब्ध एसयूभीमा यस्ता छन् गजब फिचर

काठमाडौं – नेपाली बजारमा फोर्सको अफरोड एसयूभी ‘गुर्खा’ औपचारिक रुपमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...