नेपालमा छन् हिउँमा चलाउन उपयुक्त स्नो मोड भएका यी कार (सूचीसहित)

मौसम अब विस्तारै खुल्दै छ । विगत तीन चार दिन यता मौसम निकै चिसो बन्यो । देशका धेरै स्थानमा पानी परेकाले हिउँ समेत प-यो । आन्तरिक पर्यटकहरु हिउँ खेल्नकै लागि धेरै स्थानमा पुगे ।

यही सेरोफेरोमा हिउँमा चलाउनका लागि उपयुक्त कारको चर्चा गर्दा राम्रै होला भन्ने लागेको छ । किनभने हिउँ खेल्न जादा मात्र होइन, हिमाली भेगको सडकमा चलाउनका लागि पनि उपयुक्त गाडी कुन होला भन्ने धेरैको मनमा आउन सक्ने एक प्रश्न हो ।

हिउँमा चलाउनका लागि कार भन्दा पनि महत्वपूर्ण भूमिका टायरको हुन्छ । त्यसैले यस्ता गाडीमा टायर पनि त्यसै अनुसारको हुनुपर्छ । अन्तर्राष्ट्रिय रुपमा कतिपय गाडीमा टायरको पांग्रामा चेन समेत राखेर हिउँमा चलाउनका लागि उपयुक्त बनाइएको हुन्छ ।

अन्तर्राष्ट्रिय रुपमा हेर्दा औडी ए४ अलरोड, फोर्ड ब्रोन्को स्पोर्ट, होन्डा पाइलट, जिप ग्रान्ड चेरोकी, ल्यान्डरोभर डिफेन्डर, ल्यान्डरोभर रेन्जरोभर, सुबारु क्रसट्रेक, सुबारु फोरेस्टर, टोयोटा ¥याभफोर एड्भेन्चर, भल्भो भी६ क्रसकन्ट्री, भल्भो भी९० क्रसकन्ट्री आदि कार हिउँमा समेत चलाउन उपयुक्त कार हुन् ।

नेपाली बजारमा फोर ह्विल ड्राइभ र स्नो मोड भएका धेरै गाडी उपलब्ध छन् । स्नो मोड भएका गाडी हिउँमा समेत चलाउन सहज हुन्छ । केही दिन पहिले मात्र नेपाली बजारमा भित्रिएको किया सोरेन्टो हाइब्रिड र फक्सवागन ट्वारेग आरमा पनि स्नो मोड छ । त्यसैगरी नेपाली बजारमा टोयोटा -याभ फोर र प्राडो, जिप कम्पास, सुजुकी भिटारा, फक्सवागन अलस्पेस, ह्यावल एच६, हुन्डाई क्रेटा आदिमा स्नो मोड छ ।

सम्बन्धित समाचारहरू

६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर

६ एयरब्याग, ६६ कनेक्टेड फिचर र ८ स्पिकर साउन्ड सिस्टम सहित यस्तो हुनेछ किया क्यारेन्स फिचर

किया क्यारेन्स भारतमा लन्चिङ भन्दा पहिला नै यसको ट्रिम विवरण र टेक्निकल...

किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा

किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा

कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ ।...

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

परिक्षणका क्रममा देखियो कियाको नयाँ सोरेन्टो, चाँडै लन्च हुने अपेक्षा

कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...