५० हजार नगद छुट अर्थात अन्य सुबिधा मध्ये एक छानेर बिएमडब्लु वाइक लिन सकिने
विएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हिमालयन मोटोरार्डले...
चाइना एसोसिएसन अफ अटोमोटिभ म्यानुफ्याक्चरर्स (सीएएएम) को रिपोर्ट अनुसार सन् २०२१ मा चीनबाट अन्य देशमा २० लाख १५ हजार युनिट कार निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढी हो ।
त्यसैगरी अटोहोमले प्रकाशित गरेको रिपोर्ट अनुसार रेगुलर प्यासेन्जर भेइकल १६ लाख १४ हजार र कमर्सियल भेइकल ४ लाख २ हजार युनिट निर्यात भए । त्यसैगरी विभिन्न प्रकारका इलेक्ट्रिक सवारी साधन ३ लाख १० हजार युनिट निर्यात भए ।
यो वर्ष सबैभन्दा धेरै एसएआईसी मोटरले ६ लाख ९७ हजार युनिट निर्यात गरेको छ । एसएआईसीको सहायक कम्पनी एमजी मोटर्सले निर्यातको १५ प्रतिशत अर्थात ३ लाख ६० हजार युनिट निर्यात गरेको छ ।
दोस्रो नम्बरमा चेरी रहेको छ, जसले २ लाख ६९ हजार १५४ युनिट निर्यात गरेको छ । यो गत वर्ष भन्दा १३६.३ प्रतिशत बढी हो । चेरीले सन् २०२५ सम्म ५ लाख युनिट निर्यात गर्ने लक्ष्य लिएको छ । दक्षिण अफ्रिका, इन्डोनेसिया, रसिया, ब्राजिल र साउदी अरेबिया चेरीका मुख्य निर्यात बजार हुन् ।
तेस्रो नम्बरमा जीडब्लुएम अर्थात ग्रेटवाल मोटर्स रहेको छ । जीडब्लुएमले यो वर्ष १ लाख ४० हजार युनिट भन्दा बढी सवारी साधन निर्यात गरेको छ । जीडब्लुएमले विश्वका १७० भन्दा बढी देशमा ९ लाख भन्दा बढी सवारी साधन निर्यात गरिसकेको छ । जीडब्लुएमका ह्यावल एच६, ह्यावल जोलायन, ओरा गुडक्याट र पोअर पिकअप लोकप्रिय छन् ।
चौथो नम्बरमा जिली रहेको छ । जिलीले २०२१ मा १ लाख १५ हजार युनिट सवारी साधन निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । जिलीले सन् २०२५ सम्म ६ लाख कार वार्षिक रुपमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
चांगन अटोमोबाइलले १ लाख १० हजार युनिट सवारी साधन निर्यात गरेर पाँचौ स्थान हासिल गरेको छ । चांगनका सीएस७५, इयाडो प्लस र सीएस३५ प्लस विश्वका विभिन्न देशमा निर्यात हुने गरेका छन् ।
गत वर्ष टेस्लाको सांघाई प्लान्टमा उत्पादित करिब १ लाख ६० हजार कार युरोप र अष्ट्रेलिया लगायतको बजारमा निर्यात गरिए । त्यसैगरी नियो, एक्सपेङ र लि अटो जस्ता नयाँ कार ब्रान्डले पनि करिब १ लाख युनिट कार निर्यात गरेका छन्, जसको प्रमुख गन्तब्य बजार युरोप हो ।
अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने यी प्रमुख कम्पनीका उत्पादन नेपाली बजारमा पनि उपलब्ध छन् । एमजी, चेरी, जीडब्लुएम, चांगन आदि सबै ब्रान्ड नेपालमा उपलब्ध छन् ।
रोचक कुरा के छ भने एमजी मोटर्स पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि अन्य ब्रान्ड भने नेपाल भित्रिएको करिब एक वर्ष हाराहारी मात्र भएको छ । यसले नेपाली बजारमा पनि यी ब्रान्डको भविष्य आशावादी रहेको संकेत गर्छ ।
विएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हिमालयन मोटोरार्डले...
बीएमडब्ल्युले आफ्नो आगामी बाइकको एउटा टिजर जारी गरेको छ । यो कम्पनीको...
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...