बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...
भारतीय बजारमा केही साताअघिमात्र सार्बजनिक गरिएको टोयोटा हाइलक्स पिकअपको बुकिङ तत्कालका लागि रद्ध गरिएको छ । सार्बजनिक भएलगत्तै माग बढेको र माग बमोजिम आपूर्ती गर्न समस्या हुने देखेर कम्पनीले तत्कालका लागी यस्तो निर्णय लिएको हो । माग बढेको जाइएपनि हालसम्म यो पिकअप कति संख्यामा बुकिङ भयो भनेर कम्पनीले खुलाएको छैन ।
टोयोटा किर्लोस्कर मोटरले भारतमा उत्पादन गरेको हाइलक्स लाइफस्टायल पिकअप हो । यसै बर्षको अप्रिल महिनादेखी ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाएको कम्पनीले यसको मूल्य समेत सार्बजनिक गरिसकेको छैन । डुअल क्यावमा उपलब्ध यो पिकअपले भारतमा इसुजु डि म्याक्स भी क्रससंग सिधा प्रतिस्पर्धा गर्ने जनाइएको छ । जसको मूल्य भारतीय बजारमा २९ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसका आधारमा हाइलक्सको मूल्य समेत ३२ देखी ३५ लाख भारु हाराहारीमा रहने अनुमान लगाइएको छ ।
२.८ लिटर फोर सिलिन्डर टर्बो इन्जिन जडान गरिएको हाइलक्सको अधिकतम पावर २०४ पिएस र टर्क ४२० एनएम रहेको छ । यो इन्जिनलाई टोयोटाले फर्चूनर एसयुभीमा समेत उपलब्ध गराउँदै आएको छ । बिगत ५ दशकयता बिश्व बजारमा उपलब्ध रहँदै आएको यो पिकअपलाई कम्पनीले फर्चूनर र इन्नोभा क्राइस्टा समेत उत्पादन गरिएको आइएमभी२ प्लेटफर्ममा उत्पादन गरेको हो । यो पिकअपलाई ६ स्पिड म्यानुअल र टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध गराएको छ ।
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...
टोयोटाले आफ्नो नयाँ पिकअप ट्रक हाइलक्स जनवरी २०२२ मा लन्च गर्न लागेको छ ।...
अन्ततः लामो समयदेखि प्रतीक्षित टोयोटाको नयाँ इनोभा हाइक्रस एमपीभी भारतमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...