पल्सर २२० एफलाई मोडिफाई गरी सुजुकी हायबुसा जस्तै बनाइयो

भारतमा हालसालै बिट्टो बाइक मोडिफिकेसनले पल्सर २२० एफलााई मोडिफाई गरेर सुजुकी हायबुसा जस्तै बनाएको छ । जुन अहिले भारतमा निकै चर्चित समेत बनिरहेको छ ।

सुजुकीको निकै नै लोकप्रिय हायाबुसाको बडी किट प्रयोग गरी मोडिफाई गरिएको यो मोटरसाइकलको ह्यान्डल बार ग्रिप्स र बार–इन्ड वेटलाई केही फरक देखाइए पनि स्विच गियर भने पल्सरकै लाई कायम गरिएको छ । यो बाइकमा इन्स्ट्रुमेन्ट क्लस्टर पुरै नयाँ जडान गरिएको छ ।

अगाडीको नम्वर प्लेट होल्डर र एक्जस्ट समेत नयाँ थप गरिएको छ । जहाँ हायबुसा बाइकले जस्तै आवाज दिन बिशेष प्रकारको डुअल एक्जस्ट सिस्टम दिइएको छ । यो बाइकलाई मोडीफाइ गर्न २ लाख भारु खर्च भएको बताइएको छ । मोडिफाई गरिएको यो बाइक हायाबुसाको सेकेन्ड जेनेरशेनबाट प्रेरित रहेको छ ।

सुजुकीको लोकप्रिय सुपर स्पोर्ट बाइक हायबुसा भारतमा समेत निक्कै नै रुचाइएको स्पोर्ट बाइक हो । यो बाइकलाई भारतमा धुम बाइकका रुपमा समेत चिन्ने गरिन्छ । भारतमा अहिले थर्ड जेनेरेशनको हायबुसा उपलब्ध रहँदै आएपनि तत्कालका लागी यसको सम्पूर्ण युनिट सोल्ड आउट भैसकेको जनाइएको छ ।

यो बाइकको अधिकतम पावर १९७ पिएस र टर्क १३८.७ एनएम रहेको छ । जवकी पल्सर २२० एफको पावर २०.४ पिएस र टर्क १८.५५ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

आर्थिक वर्ष २०२४-२५ मा सबैभन्दा धेरै बिक्री हुने कार सूची सार्वजनिक, वागनआरको प्रभुत्व कायमै

आर्थिक वर्ष २०२४-२५ मा सबैभन्दा धेरै बिक्री हुने कार सूची सार्वजनिक, वागनआरको प्रभुत्व कायमै

मारुती सुजुकीले फेरि एक पटक कार बिक्रीको सूचीमा आफ्नो प्रभुत्व जमाउन सफल...

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण

जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजना सुरु, कार किन्दा लाखौ छुट र अन्य सुविधा

काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...