उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने अनुमति प्राप्त गरेको छ । यो कारले उडानको सबै परीक्षण चरण पार गरेको सीएनएनले जनाएको छ ।

स्लोभाकियामा विकसित यो कारलाई द स्लोभाक ट्रान्सपोर्ट अथोरिटीले उड्न सक्ने आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो । यसले ७० घण्टाको उडान परीक्षण पार गरेको कम्पनी क्लेन भिजनले जनाएको छ । यो डुअल मोडको कार अर्थात् कार र एयरक्राफ्ट साधन हो । परीक्षण चरणमा यसले दुई सय पटक उडान र अवतरण गरेको थियो । जुन युरोपेली हवाइ सुरक्षा संस्थ (ईएएसए)को मापदण्डअनुसार रहेको छ ।

क्लेन भिजनका अनुसार यसलाई उडाउन भने पाइलटको लाइसेन्स लिएको हुनुपर्ने भएको छ । कम्पनीले १२ महिनाभित्र एयर कारको व्यावसायिक उपलब्धता हुने दाबी गरेको छ । आठ जना विशेषज्ञको समूहले एक लाख घण्टा लगाएर यसको डिजाइन कन्सेप्टलाई म्याथमेटिकल मोडलमा रुपान्तरण गर्न सकेको थियो जसले यसको प्रोटोटाइप उत्पादन भएको थियो ।

एयरकारमा १.६ लिटरको बीएमडब्ल्यू इन्जिन छ भने जुनसुकै पेट्रोलियम स्टेसनबाट इन्धन भर्न सकिने कम्पनीले जनाएको छ । यो कारले अधिकतम १८ हजार फिट उचाइमा उडान भर्न सक्छ । गत जुनमा यसले स्लोभाकियाको राजधानी ब्राटिस्लाभा र नित्राबीचको एयरपोर्टमा ३५ मिनेट लामो परीक्षण उडान गरेको थियो । अवतरणपछि एयरकार कारमा रुपान्तरित भएको थियो। जुन गुडेर सिटी सेन्टरसम्म पुगेको थियो ।

उडान अनुमतिले अब यसको धेरै उत्पादनको बाटो खुलेको परीक्षण उडान गराएका पाइलट स्टेफान क्लेनले बताए । उनी नै कारका अन्वेषक र विकास समूहका मुख्य व्यक्ति पनि हुन् । 

सम्बन्धित समाचारहरू

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

काठमाडौं– केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको...

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

दुई सातामा नेटा भीको डेलिभरी शुरु हुने, ६४ ग्राहकले लिए बुकिङ

काठमाडौं – नेपालमा इलेक्ट्रिक कार नेटा भीको बुकिङ लिने ग्राहकले अवको २...

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...