यामाहाले ल्यायो हाइब्रिड स्कुटर फाजियो

यामाहाले इन्डोनेसिया, थाइल्यान्ड र अन्य दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा हाइब्रिड स्कुटर उपलब्ध गराउदै आएको छ । यसै सन्दर्भमा हालै कम्पनीले इन्डोनेसियामा फाजियो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ ।

यो स्कुटरमा यामाहाको ब्लुकोर इन्जिन एफिसियन्सी टेक्नोलोजी प्रयोग गरिएको छ, जसमा १२४.८ सीसीको सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ । सीभीटी गियरबक्स र बेल्ट ड्राइभयुक्त यो स्कुटरको इन्जिनले ८.३ एचपी पावर दिन्छ । हेभी लोडको समयमा प्रयोग गर्नका लागि यसमा भएको स्मार्ट मोटर जेनेरेटरले सहयोग गर्छ । यसमा भएको इन्जिन स्टार्ट स्टप सिस्टमले न्वाइज र पोलुसन घटाउन सहयोग गर्छ ।

यो स्कुटरमा स्मार्ट की, यूएसबी चार्जिङ पोर्ट र ह्यान्डलबारको तल्लो भागमा समेत स्टोरेज एरिया छ । दुई कार्गो हुक, ठूलो फ्लोरबोर्ड र सिट मुन्तिर १७.८ लिटरको स्टोरेज छ । यसमा भएको वाई–कनेक्ट एप प्रयोग गरी डिजिटल एलसीडी इन्स्ट्रयुमेन्ट प्यानलमार्फत विभिन्न जानकारी लिन सकिन्छ । त्यसैगरी एसएमएस र मिस्ड कल नोटिफिकेसन समेत उपलब्ध हुन्छ ।

यसमा एलईडी हेडलाइट छ भने अघिल्लो भागमा टेलिस्कोपिक फोर्क्स र पछिल्लो भागमा प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन छ । त्यसैगरी १२ इन्चको अलोय ह्विल छ ।

यसको मूल्य करिव १ हजार ५ सय अमेरिकी डलर तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० नेपाली बजारमा बिक्री–वितरण प्रारम्भ

काठमाडौँ— यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमडब्लु...

२०२२ को पहिलो उपहार : यामाहाले ल्यायो एफजेडएस एफआईको डिलक्स भेरिएन्ट

२०२२ को पहिलो उपहार : यामाहाले ल्यायो एफजेडएस एफआईको डिलक्स भेरिएन्ट

यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा...

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...