यी सवारी साधनलाई जोर विजोर प्रणाली लागू नहुने

काठमाडौं – काठमाडौं उपत्यकामा आज रातीदेखि जोर विजोर प्रणाली अनुसार सवारी साधन सञ्चालन हुँदैछ । यस अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) जिल्ला भित्र जोर गते जोर र विजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।

यद्यपि केही सवारी साधनलाई यो नियम लागू नहुने गरी सवारी साधन सञ्चालन सम्बन्धमा आज थप स्पष्टता सहितको जानकारी सार्वजनिक भएको छ । यस अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन आदिलाई यो नियम लागू हुने छैन ।

त्यसैगरी विभिन्न प्रकारका ढुवानीमा प्रयोग हुने सवारी साधन, परिचय पत्रको आधारमा विभिन्न निकायका कर्मचारी र पत्रकारहरुका लागि सवारी साधन सञ्चालन गर्न पाइने नियम छ ।

त्यसैगरी सरकारी र कुटनैतिक नियोगका सवारी साधन पनि निर्वाध रुपमा चल्न पाउने छन् ।

सम्बन्धित समाचारहरू

उपत्यकामा आजदेखि मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने

उपत्यकामा आजदेखि मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने

काठमाडौँ — काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी...

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

निषेधाज्ञा एक साता थप : तोकियो विभिन्न निकायका गाडी चल्ने समय, पास खारेज

काठमाडौं – उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।...

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितहरुको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...