चिनियाँ कम्पनी ग्रेटवालले बनायो सुजुकी जिम्नी जस्तै देखिने नयाँ एसयुभी

अटोमोबाइलका लागी चीन विश्वको सबैभन्दा ठूलो बजार हो । चीनमा हरेक वर्ष सयौं संख्यामा नयाँ गाडीहरु सार्वजनिक हुन्छन् । यसरी सार्बजनिक हुने कतिपय नयाँ कारहरु प्रचलित ब्रान्डको नक्कल गरी निर्माण गरिएको समेत पाइने गरेको छ । जसका कारण चीनियाँ उत्पादकहरुलाई अरुको डिजाइन चोरको आरोप समेत लाग्ने गरेको छ ।


चिनियाँ अटो निर्माताले हालै सुजुकीको निकै लोकप्रिय मिनी एसयूभी सुजुकी जिम्नीको नक्कल गरेको छ । सो कारको निर्माण चीनको अटोमोबाइल ग्रुप ग्रेट वाल मोटर्सले गरेको हो । कारलाई उत्कृष्ट बनाउन चिनियाँ निर्माताले कारको डिजाइनमा केही परिवर्तन गरेको भएता पनि आधारभूत डिजाइन भने सुजुकी जिम्नीको जस्तै छ ।

कम्पनीले हालै चिनियाँ बजारमा आफ्नो मिनी एसयूभी ट्यांक १०० ल्याएको छ जुन ठ्याक्कै सुजुकी जिम्नी जस्तै देखिन्छ । सुजुकी जिम्नी अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय एसयूभी हो । ट्यांक १०० ३ डोर र ५ डोर भेरिएन्टमा उपलब्ध गराइएको छ । जसको लम्बाई र ह्विलबेस समेत जिम्नीसँग मिल्दोजुल्दो रहेको उल्लेख गरिएको छ।

ट्यांक १०० को फ्रन्टमा कालो मल्टी स्लेटेड ग्रिल समावेश गरिएको छ । यसमा एलईडी हेडलाइटको साथ इन्टिग्रेटेड एलईडी डीआरएल समावेश गरिएको छ । सुजुकी जिम्नीमा जस्तै यस कारमा पनि ठूलो बम्पर जडान गरिएको छ । यसको साथै फग ल्याम्प र बम्परमा दिइएको एयर भेन्ट पनि जिम्नीसँग मिल्दोजुल्दो छ ।

रिपोर्टका अनुसार ट्यांक १०० मा कम्पनीले २.० लिटर, ४–सिलिन्डर टर्बो चार्ज इन्जिन प्रयोग गरेको छ, जसले २२४ बीएचपी पावर र ३८७ एनएम टर्क जेनेरेट गर्छ । सो कार फोर ह्विल ड्राइभ टेक्नोलोजीले सुसज्जित छ र ५ स्पिड अटोमेटिक गियरबक्स दिइएको छ ।

जिम्नीको जापानी भेरिएन्टमा १.५ लिटरको बीबीटी पेट्रोल इन्जिन रहेको छ, जसले १०२ बीएचपी पावर र १३० एनएम टर्क जेनेरेट गर्छ । सो कारमा ५ स्पिड म्यानुअल र ४ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध रहेको छ ।

जिम्नी भारतमा समेत लन्च हुने तयारीमा रहेको एसयुभी हो । यसमा१.५ लिटर, ४–सिलिन्डरको पेट्रोल इन्जिन प्रयोग हुनेछ । सो इन्जिन पहिले देखि नै अर्टिगा, सियाज र भिटारा ब्रेजा जस्ता कारहरुमा प्रयोग भैरहेको छ ।

सम्बन्धित समाचारहरू

तीन दिनपछि सुजुकीका दुई नयाँ एसयूभी लन्च हुने, यस्ता छन् विशेषता

तीन दिनपछि सुजुकीका दुई नयाँ एसयूभी लन्च हुने, यस्ता छन् विशेषता

सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले शुक्रवार...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...