नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन, गौतम बने संयोजक

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को लुम्बिनी प्रदेशमा भएको वृहत भेलाले संघको प्रदेश समिति चयन गरेको छ ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) का वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा गठित लुम्बिनी प्रदेश संघको नवगठित कार्यसमिति संयोजक निरज गौतम र सचिव किशोर भण्डारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रकाश खनाल, सञ्जिव भण्डारी, दीपक न्यौपाने, जीवन खनाल, देवु खनाल र प्रज्जन विक्रम पोखरेल छन् । सल्लाहकारहरुमा कपिल न्यौपाने, लोकहरी श्रेष्ठ तथा दिनेश पाण्डे रहेका छन् ।

नासा नेपालको संगठन विस्तार अभियान देशव्यापी रुपमा तीव्र पारिएको छ । खेलकुद विकास ऐन २०७७ को मर्म अनुसारको सांगठनिक संरचना तयार गर्नु तथा अन्तर्राष्ट्रिय महासंघ एफआईएको कार्यविधि अनुसार आफूलाई तयार गर्नु यी दुई मुख्य उद्देश्यसहित नासा सक्रिय भएको बताइएको छ ।

मोटर, मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड टुरिजम तथा रोड सेफ्टी सम्बन्धी कार्यक्रममा संलग्न नासा नेपालको गतिविधि अब प्रदेश केन्द्रीत हुनेछ । यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा भएको वृहत भेलाले संघको प्रदेश समिति चयन गरेको छ ।

नवगठित प्रदेश संघले यस वर्ष गर्ने तीन वटा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

गौतम बुद्धको जन्म स्थल रहेको लुम्बिनी प्रदेशको साहसिक खेल र साहसिक पर्यटन प्रवद्र्धनको लागि यस संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत सहभागीले राखेका छन् ।

नवगठित प्रदेश संघका पदाधिकारी तथा सदस्यहरुलाई नेकोसका सचिव कपिल न्यौपाने तथा सुरक्षित यात्रा अभियान–नेपालका महासचिव दिनेश पाण्डेले कार्यकाल सफलताको शुभकामना सहित बधाई दिएका थिए ।

सम्बन्धित समाचारहरू

नेपाल अटो जिमखाना च्याम्पियनसिपमा प्रथम बने आशिष

नेपाल अटो जिमखाना च्याम्पियनसिपमा प्रथम बने आशिष

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेश संघद्वारा आयोजित...

आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने

आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र...

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न, यी हुन् विजयी राइडर

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न, यी हुन् विजयी राइडर

काठमाडौं नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...