नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौं – भारतमा धेरै बुकिङ भइरहेको फोर्सको नयाँ गोर्खा एसयूभी नेपाली बजारमा भित्रिने अन्तिम तयारीमा रहेको छ । भारतबाट नेपालका लागि प्रस्थान गरिसकेको फोर्सको नयाँ गोर्खा केही दिन भित्रै नेपाली बजारमा भित्रिने अनुमान गरिएको छ ।

नेपालमा फोर्सको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिका अनुसार माघको पहिलो साता वा ढिलोमा दोस्रो सातासम्म यसको औपचारिक लन्च गरिने छ । यद्यपि अहिले यसको बुकिङ लिइने र त्यसपछि करिव एक महिना पश्चात मात्र गाडी डेलिभरी गरिने छ ।

तिहार लगत्तै नेपाली बजारमा भित्र्याउने बताइदै आएको फोर्सको नयाँ गोर्खाको माग भारतीय बजारमै अत्यधिक भएकाले नेपाली बजारमा उपलब्ध हुन सकेको छैन ।

फोर्स गोर्खाको माग धेरै भए पनि हालै भारतमा यसको मूल्य समेत वृद्धि गरिएको छ । गत सेप्टेम्बरमा भारतीय बजारमा १३ लाख ५९ हजार भारुका साथ लन्च गरिएको नयाँ बीएस६ इन्जिनमा आधारित फोर्स गोर्खाको मूल्य हालै ५१ हजारले बढाएर १४ लाख १० हजार भारु पु-याइएको छ । नेपाली बजारमा आइपुग्दा फोर्स गोर्खाको मूल्य ७० लाख देखि ७५ लाख रुपैयाँ सम्म हुन सक्ने अनुमान गरिएको छ ।

फोर्स गोर्खा पहिले देखि नै भारतीय र नेपाली बजारमा लोकप्रिय भइरहेको अवस्थामा अहिले यसको नयाँ भर्सन उत्पादन गरिएको हो ।

आइकनिक अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी गोर्खाको प्रतिस्पर्धा महिन्द्रा थार जस्ता एसयूभीसँग हुनेछ । महिन्द्रा थारसँग प्रतिस्पर्धामा उतार्नका लागि यो सेकेन्ड जेनेरेसन गोर्खामा धेरै परिवर्तन गरिएको छ । 

नयाँ फोर्स गोर्खा धेरै रफ एन्ड टफ स्टाइल, अपडेटेड इन्टेरियर र बीएस६ मापदण्डयुक्त डिजेल इन्जिनका साथ आएको छ । सो एसयूभी ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड कलर अप्सनका साथ उपलब्ध हुनेछ ।

नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।

एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।

यसको क्याबिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । यसमा टिल्ट र टेलिस्कोपिक एड्जस्टेबल स्टेयरिङ कोलम, सेन्ट्रल लकिङ, पावर विन्डो, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ, भेरिएबल इन्टरमिटेन्ट स्पिड फ्रन्ट वाइपर, कर्नरिङ ल्याम्प, स्पिड सेन्सिङ डोरलक र वाइपरका साथ सिंगल पिस रियर डोर जस्ता फिचरका साथै एक नयाँ ब्ल्याक इन्टेरियर उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको फोर्सको नयाँ एसयूभी...

२०२२ मा अमेरिकामा विक्यो प्रत्येक ४९ सेकेन्डमा एउटा फोर्ड एफ–१५० पिकअप

२०२२ मा अमेरिकामा विक्यो प्रत्येक ४९ सेकेन्डमा एउटा फोर्ड एफ–१५० पिकअप

सन् २०२२ मा अमेरिकी बजारमा फोर्ड मोटरको एफ–१५० पिकअप हरेक ४९ सेकेन्डमा एक...

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा ​​पुनर्विचार गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...