यस्तो छ हालै नेपाल भित्रिएको बीएमडब्ल्युको र्याली बाइक, मूल्य १४ लाख ७५ हजार

नेपाली बजारमा र्याली बाइक भित्रिने क्रम बढ्दो छ । यसै सन्दर्भमा हालै बीएमडब्ल्युको स्टाइल र्याली बाइक नेपाली बजारमा भित्रिएको छ ।

बीएमडब्ल्युको जी ३१० जीएसका तीन भेरिएन्ट मध्ये एक चाहिं काइनाइट ब्लु मेटालिक कलरमा रहेको र्याली बाइक हो । आकर्षक कलरमा रहेको यो बाइक धेरै राइडरहरुले रुचाउने नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक टर्क मोटर्स ट्रेडर्सले विश्वास गरेको बताएको छ ।

बाइकमा ३१३ सीसी वाटरकुल्ड, सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ, जसले ३४ पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । १४३ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको बाइकमा ११ लिटरको इन्धन ट्यांकी छ ।

यसको सिटको उचाई ८३५ एमएम छ भने ह्विलबेस १,४२० एमएम छ । अघिल्लो भागमा ११०/८० आर १९ इन्च र पछिल्लो भागमा १५०/७० आर १७ इन्चको टायर रहेको छ । यसको तौल १७० किलोग्राम छ ।

बाइकमा कास्ट आल्मुनियम ह्विल, बीएमडब्ल्यु मोटरार्ड एबीएस, रियर प्रि–लोड एड्जस्टेबल, सिंगल डिस्क फ्रन्ट ब्रेक, रेडियल फ्रन्ट ब्रेक क्यालिपर र अपसाइड डाउन फोर्क सस्पेन्सन उपलब्ध छ । त्यसैगरी बाइकमा स्लिपर क्लच र विभिन्न प्रकारका एलईडी लाइट सेटअप, इन्फो फ्ल्याट स्क्रिन, डे टाइम राइडिङ लाइट तथा राइड बाई वायर टेक्नोलोजी रहेका छन् ।

एड्भेन्चरका लागि विशेष उपयोगी रहेकाले यो बाइकमा लगेज र्याक, ह्यान्डब्रेक लिभर एड्जस्टेबल, क्लच लिभर एड्जस्टेबल र वान–पिस सिट बेन्च लगायतका विभिन्न विशेषता छन् ।

बीएमडब्ल्युको यो बाइकको मूल्य १४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्युको पहिलो इलेक्टिक एसयूभी आईएक्स लन्च, ६११ किमी सम्म रेन्ज दिने

बीएमडब्ल्यु आईएक्स इलेक्ट्रिक एसयूभी भारतमा लन्च गरिएको छ । कम्पनीले...

नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि

नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि

काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

बीएमडव्लूको प्राथमिकतामा भारतीय बजार, जनवरीमा ५ नयाँ मोडल सार्वजनिक गर्दै

जर्मन अटो ब्रान्ड बीएमडव्लूले भारतीय बजारलाई उच्च प्राथमिकतामा राखेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...