यामाहाले पनि इलेक्ट्रिक स्कुटर ल्याउने, परिक्षणको क्रममा देखियो पहिलो इलेक्ट्रिक स्कुटर ई०१

यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर आएको छ । अनलाइन सञ्चारहरुमा देखिएको यो तस्बिरलाई आधार मान्दा कम्पनीले जापानमा यसको मिडिया टेष्ट राइड अयोजना गरिरहेको अनुमान लगाउन सकिन्छ ।

झट्ट हेर्दा यामाहाकै वाइजेडएफ–आर१ को डिजाइनबाट प्रेरित देखिने यो स्कुटरको डाइमेन्सन हाल कारोबार भैरहेको एनम्याक्स म्याक्सी स्कुटर सरह रहने बुझिएको छ । यसमा जडान गरिएको मोनोक्रेम एलसिडी डिस्प्ले हेर्दा सामान्य देखिएपनि फिचर्स लोडेड हुने बताइएको छ । जहाँ ब्याट्रीको स्टाटस, एबिएस र मोबाइल फोनको सिग्नल देख्न सकिनेछ ।

यो स्कुटरमा १३ इन्चको ह्विल, एबिएस सहितको डिस्क ब्रेक र किलेस इन्ट्री जस्ता बिशेषताहरु दिइएको छ । ब्याट्री प्याक र पावर तथा पर्फमेन्स सहित अन्य बिस्तृत बिबरणहरु सार्बजनिक नगरिएपनि एकपटक चार्ज गर्दा ५० माइलसम्म यात्रा गर्न सकिने अनुमान लगाइएको छ । जापनमा सार्बजनिक गरिएपछि यो बिस्तारै बिश्वका अन्य बजारमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा एफजेड २५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन भारतमा लन्च, यस्तो छ मूल्य र फिचर

यामाहा एफजेड २५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन भारतमा लन्च, यस्तो छ मूल्य र फिचर

यामाहा मोटर इन्डियाको लोकप्रिय बाइक यामाहा एफजेड २५ को नयाँ एडिसन लन्च...

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या

सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...