नेपाली बजारमा आइपुगे बीएस६ बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल

काठमाडौं – नेपालका लागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारिक वितरक हिमालयन मोटरार्ड अन्तर्गतको टर्क मोटर्स ट्रेडिङले बीएस६ भर्सनका जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ ।

केही महिना पहिले देखि नै बुकिङ खुल्ला गरेको भए पनि अब भने यो बजारमा उपलब्ध भएको हो । यो भन्दा पहिले बीएस४ भर्सनमा उपलब्ध मोटरसाइकल समेत नेपाली बजारमा लोकप्रिय रहेका थिए ।

बीएस६ भर्सनमा पहिले भन्दा थप फिचरको रुपमा इन्टिग्रेटेड डीआरएल, एलईडी हेडलाइट, साइड इन्डिकेटर, राइड बाई वायर, कस्मेटिक अपडेट, एड्जस्टेबल लिभर र फुल डिजिटल डिस्प्ले आदि विशेषता रहेका छन् ।

दुवै मोटरसाइकलमा ३१३ सीसी वाटरकुल्ड, सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ, जसले ३४ पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । १४३ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको मोटरसाइकलमा ११ लिटरको इन्धन ट्यांकी छ ।

नेपाली बजारमा यी मोटरसाइकल विभिन्न तीन तीन कलर भेरिएन्टमा रहेका छन् । बीएमडब्ल्यु जी ३१० आर कस्मिक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र स्टाइल प्यासन तथा स्टाइल स्पोर्टको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी बीएमडब्ल्यु जी ३१० जीएस पोलार ह्वाइटको मूल्य १४ लाख ५० हजार र ट्रिपल ब्ल्याक तथा -यालीको मूल्य १४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...