हेटौंडामा राइडर्स मिट सिजन ४ हुने, विदेशी सहितका सहभागी राइडर जंगलमै टेन्ट गाडेर रमाउने

काठमाडौं – फ्रेन्ड्स अफ रोयल इन्फिल्ड अर्थात फोरे नेपालको आयोजनामा आगामी फेब्रुअरी ११ देखि १३ अर्थात माघ २८, २९ र फागुन १ गते सम्म हेटौंडामा राइडर्स मिटको सिजन ४ आयोजना हुने भएको छ ।

रोयल इन्फिल्ड मोटरसाइकल राइडरहरुको समूह फोरे नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो इभेन्ट यो वर्ष समेत हुने भएको हो । गत वर्ष कोभिड–१९ का कारण हुन नसके पनि यो वर्षका लागि तयारी थालिएको फोरे नेपालका अध्यक्ष सुनिल मानन्धर डायमन्डले बताए । मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् ।

फोरे नेपाल अन्तर्गत हेटौंडाको स्थानीय रोयल इन्फिल्ड क्लब ‘हेटौंडा इन्फिल्डर्स मकवानपुर’ को आयोजनामा सो इभेन्ट हुनेछ । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

राइडर्स मिटमा नेपालभर रहेका विभिन्न क्लबका राइडर मात्र नभई भारत, भुटान, अमेरिका, स्विट्जरल्यान्ड र अष्ट्रेलियाका राइडर समेत सहभागी हुने डायमन्डले बताए । यसमा ३ सय ५० भन्दा बढी राइडर सहभागी हुने उनले बताए ।

राइडर्स मिटको अवसरमा लाइभ ब्यान्ड, स्लो र डर्ट बाइक रेस, सांस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छ । २ रात र ३ दिनको कार्यक्रमका लागि जंगलको बीचमै टेन्ट गाडेर सबै मनोरञ्जनको व्यवस्था गरिने छ । राइडरहरुलाई नयाँपनको अनुभव दिनका लागि पनि यस प्रकारको राइडर्स मिट आयोजना गरिने प्रचलन रहेको डायमन्डले बताए ।

आगामी जनवरी २९ देखि ३० सम्म भारतको हैदरावादमा हुने राइडर मेनियामा समेत हेटौंडामा हुने सो राइडर्स मिटको प्रवद्र्धन गर्ने कार्यक्रम छ । यसका लागि नेपालबाट १४ जना राइडरहरु हैदरावाद सम्म बाइक राइड गर्दै पुग्ने र कार्यक्रममा सहभागी हुने तयारी भएको समेत सरकारले बताए ।

फोरे नेपालले यो भन्दा पहिले राइडर्स मिटको सिजन १ सन् २०१७ मा बर्दियामा आयोजना गरेको थियो । त्यसैगरी सिजन २ सुनसरी र सिजन ३ चितवनमा सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...

नोभेम्बर १ मा लन्च हुने रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक, फिचर सार्वजनिक

नोभेम्बर १ मा लन्च हुने रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक, फिचर सार्वजनिक

भारतमा आगामी नोभेम्बर १ मा अफिसियल रुपमा लन्च हुने भनिएको रोयल इन्फिल्ड...

पोकर रनको १३ औं संस्करणमा देश विदेशका २५० वढी राइडर सहभागी हुने

पोकर रनको १३ औं संस्करणमा देश विदेशका २५० वढी राइडर सहभागी हुने

पोकर रनको नयाँ संस्करण आगामी अप्रिल १३ अर्थात चैत ३० देखि शुरु हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...