क्रसफायर र इटालिका मोटरसाइकल बिग्रिएमा उपाय सिटी कार्गोले आपतकालीन सेवा प्रदान गर्ने
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
रोयल इन्फिल्डले ९० डिग्री दक्षिण अभियान सफलतापूर्वक सम्पन्न भएको सार्वजनिक गरेको छ । कम्पनीको लोकप्रिय एड्भेन्चर मोटरसाइकल हिमालयन एडीभीमार्फत दक्षिणी ध्रुवका लागि यो अभियान पुरा गरिएको थियो ।
कम्पनीका राइडर सन्तोष विजय कुमार र डिन कक्सनले १६ डिसेम्बरमा दक्षिण ध्रुवमा पुगेका हुन् । रोयल इन्फिल्ड टिमले केप टाउन हुँदै अन्टार्कटिकाको नोभोबाट यात्रा शुरु गरेका थिए । उनीहरुले ९ दिनमा ३ हजार २ सय किलोमिटर यात्रा गरे । यो समयमा तापक्रम माइनस ३० देखि माइनस २५ डिग्री थियो भने हावाको गति ६० किलोमिटर प्रतिघण्टा भन्दा कम थियो । उनीहरु सुरुवाती विन्दु ‘रस आइस सेल्फ’ पुग्नका पहिलो तोकिएको बाटो भने बदलेका थिए । अप्रत्याशित बर्फिलो आँधीका कारण उनीहरले ८६ डिग्रीको सट्टा ८७ डिग्री दक्षिणबाट सवारी शुरु गरेका थिए ।
यस्तो साहसिक कार्यका लागि दुई हिमालयन मोटरसाइकलमा केही परिवर्तन गरिएको थियो । दक्षिणी ध्रुवमा तिनलाई एक कम्प्याक्ट स्नो ट्रयाकमा गुडाइएको थियो, जसले गर्दा मोटरसाइकल ड्रयाग कम गर्न सकिन्थ्यो । त्यसैगरी प्रदूषण कम गर्नका लागि पनि उनीहरुले विभिन्न कार्य गरेका छन् ।
दुई राइडर फर्केर आए पश्चात विस्तृत विवरण सार्वजनिक गर्ने रोयल इन्फिल्डले बताएको छ । यो अभियान र केही भिडियो क्लिप भने युट्युबमा सर्च गरेर हेर्न सकिन्छ ।
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक हिमालयनलाई ३ नयाँ रङमा अपडेट भर्सन...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...