सुजुकी मोटरसाइकल र स्कुटर : तीन मोडलमा २ हजार र एक मोडलमा ७ हजार रुपैयाँ बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा सुजुकी मोटरसाइकल र स्कुटरको केही मोडलमा मूल्य वृद्धि गरिएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आजै देखि लागू हुने गरी यो मूल्य वृद्धि गरेको हो ।

आज प्रकाशित मूल्य सूची अनुसार सुजुकीको बर्गम्यान डिस्क बीएस४ र बीएस६ तथा सुजुकी एक्सेस बीएस६ स्कुटरमा २/२ हजारको दरले मूल्य वृद्धि गरिएको छ भने सुजुकी जिक्सर १५०एफआई (नेकेड) मोटरसाइकलको मूल्य ७ हजार रुपैयाँको दरले बढेको छ । यी सबै मोडल नेपालमा राम्रो बिक्री हुने मोडलमा पर्छन् ।

नयाँ मूल्य सूची अनुसार सुजुकी बर्गम्यान डिस्क बीएस४ को मूल्य २ लाख ४७ हजार ९ सय, बर्गम्यान डिस्क बीएस६ को मूल्य २ लाख ७६ हजार ९ सय र सुजुकी एक्सेस बीएस६ को मूल्य २ लाख ६५ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी सुजुकी जिक्सर १५०एफआई (नेकेड) मोटरसाइकलको मूल्य ३ लाख ५६ हजार ९ सय रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध सुजुकी मोटरसाइकल तथा स्कुटर र तिनको परिमार्जित मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

सिंगल च्यानल एबिएसमा आयो सुजुकी एक्सेस, यस्तो छ मूल्य र विशेषता

सिंगल च्यानल एबिएसमा आयो सुजुकी एक्सेस, यस्तो छ मूल्य र विशेषता

सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसमा सिंगल च्यानल एबिएस दिएको छ ।...

टर्बो भेलोसिटी एडिसनमा आयो सुजुकी फ्रङ्क्स, यस्ता छन् विशेषता

टर्बो भेलोसिटी एडिसनमा आयो सुजुकी फ्रङ्क्स, यस्ता छन् विशेषता

मारुती सुजुकीले फ्रङ्क्सको नयाँ स्पेशल एडिसन टर्बो भेलोसिटी सार्वजनिक...

मारुती सुजकीले मे २०२६ मा बनायो नयाँ रेकर्ड

मारुती सुजकीले मे २०२६ मा बनायो नयाँ रेकर्ड

मारुती सुजुकीले मे २०२६ मा कम्पनीको इतिहासमै उच्च मासिक बिक्री रेकर्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...