हाइब्रिड इन्जिन र थप प्रिमियम सुविधासहित नयाँ पुस्ताको हुन्डाई क्रेटा २०२७ मा आउँदै
हुन्डाईले भारतीय बजारमा क्रेटा एसयूभीको नयाँ पुस्ता नयाँ फिचरसहित लन्च...
काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी ग्रुपले ४८औं स्थापना दिवस मनाएको छ । ४८ वर्ष पूरा गरेको लक्ष्मी ग्रुपले हाल कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टील लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ । नेपाली बजारमा लक्ष्मी ग्रुपले हुन्डाई र बीएमडब्ल्यु कार तथा टोटल लुब्रिकेन्टलगायत विभिन्न अटोमोबाइल सम्बद्ध व्यवसाय गर्दै आएको छ ।
स्थापना दिवस अवसरमा ग्रुपले ४८औं ‘कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे’ मनाएको जानकारी दिएको छ । ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठद्वारा उद्घाटन गरिएको कार्यक्रममा लक्ष्मी ग्रुपअन्तर्गत सबै कम्पनीका कर्मचारीहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा पाँचदेखि ४० वर्षसम्म सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । खेलकुद सप्ताहमा विजेता भएका खेलाडीहरू पनि सम्मानित भएका थिए ।
ग्रुपले स्थापना दिवस अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू पनि गरेको जानकारी दिएको छ । ग्रुपको कार्यालयमा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
यसैगरी भद्रकाली मन्दिर सरसफाइ, मानवसेवा आश्रममा खाद्यान्न सामग्री र टोपी/मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफलर फ्युचर होप नेपाल र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी सामान वितरण गरेको सो ग्रुपले जानकारी दिएको छ । ग्रुपले स्थापना दिवस अवसर पारेर लक्ष्मी एकेडेमी पनि उद्घाटन गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...