स्याकार ट्रेडिङ कम्पनी टाटाग्रिन व्याट्रीको ओइएम वितरकमा नियुक्त
होन्डा मोटरसाइकल तथा स्कुटर र गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार...
काठमाडौं – स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदीप इन्टरनेसनल प्रालिले नेपालमा केज ब्रान्डको टु ह्विलर ब्याट्री भित्र्याएको १ बर्ष पुरा भएको छ । गत वर्ष यही समयमा यो ब्याट्री नेपाली बजारमा भित्रिएको थियो ।
चीनस्थित विश्वकै १० ठूला ब्याट्री उत्पादक कम्पनीले उत्पादन गर्ने यो ब्याट्री बलियो, टिकाउ र उच्चतम पर्फमेन्सयुक्त भएका कारण बजारमा लोकप्रिय बनिरहेको सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार टु ह्विलर सेग्मेन्टमा यो ब्याट्रीको माग उच्च रहँदै गएको छ । नेपाल भित्रिएको करिव एक वर्षको अवधिमा ५० हजार युनिट बढी बिक्री भएको मिश्रले बताए ।
कम्पनीले अबको केही दिनभित्रै नयाँ प्रविधिमा आधारित ग्रिन जेल ब्याट्रीको कारोबार थाल्ने तयारी गरिरहेको छ । ४८ महिनाको वारेन्टी उपलब्ध हुने यो ब्याट्रीमा २ बर्षको फ्रि रिप्लेस्मेन्ट र २ बर्षको प्रोराटा वारेन्टी रहनेछ । गुणस्तरिय भएकै कारण आफूहरुले टु ह्विलर ब्याट्रीमा यति लामो अवधिको वारेन्टी प्रदान गरिएको उनले बताए ।
नयाँ प्रविधिमा आधारित यो ब्याट्रीको गुणस्तर अब्बल भए पनि मूल्य भने प्रतिस्पर्धी नै रहेको उनको भनाइ छ । विश्वका अन्य राष्ट्रहरुमा समेत यो प्रविधियुक्त ब्याट्रीको माग बढिरहेको हुँदा यसले नेपाली बजारमा समेत निकै राम्रो प्रतिक्रिया पाउने अपेक्षा उनको छ ।
मिश्रका अनुसार यो ब्याट्रीमा जडान गरिएको कन्टेनर शतप्रतिशत नेचुरल एबीएस हो । ब्याट्रीमा उल्लेख गरिएको वास्तविक एम्पियर क्षमताभन्दा २० प्रतिशत बढी पावर दिने कारण चिसो मौसममा समेत स्टार्टमा समस्या आउँदैन । लोअर इन्टरनल रेसिस्टेन्स दिइएका कारण ब्याट्री हिट हुँदा र ओभर चार्ज हुँदा समेत सेल कनेक्सन छाड्दैन । जसका कारण ब्याट्री फूल्ने र सेल सर्किट हुने समस्या हुँदैन ।
आकर्षक डिजाइनमा उपलब्ध र अटो रिपेयर फङसन भएको यो ब्याट्रीमा सिल्भर कोटेड कपर टर्मिनल प्रयोग गरिएको छ भने स्मुथ वेल्डिङ टेक्नोलोजी र जर्मन जेल प्रयोग गरिएको छ ।
लिड एसिड ब्याट्री एक्सपर्ट र प्रिमियम ब्याट्री लिडरको पहिचान कायम गरेको केज ब्याट्रीको क्रेज आगामी दिनमा अझै बढ्ने सत्यदीप इन्टरनेसनलले विश्वास गरेको बताएको छ ।
होन्डा मोटरसाइकल तथा स्कुटर र गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार...
अटोमोबाइल र मेटरियल ह्यान्डलिङ सम्बन्धी विभिन्न उपकरण नेपालमा...
काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...