गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

काठमाडौं - सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा बैंकबाट ५० प्रतिशत मात्र ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा उल्लेख गरेको व्यवस्थालाई कार्यान्वयन गर्न हिजो निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीसाधनका आयातकर्ताले ५० प्रतिशत मार्जिन अनिवार्य राख्नुपर्ने भएको छ । यद्यपि विद्युतीय सवारीका हकमा भने यो लागू हुने छैन ।

सवारी साधनको आयातका लागि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ । विद्युतीय र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटरका हकमा भने यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयातमा कडाइ गर्ने नीतिअनुरुप नै एलसी खोल्दा अनिवार्य मार्जिनको व्यवस्था गरिएको हो । यसले आयातकर्तालाई वस्तु आयात गर्नका लागि पहिले नै रकम जोहो गर्नुपर्ने अवस्था आएको छ । यस्तो मार्जिन रकममा बैंकहरुले ब्याज प्रदान गर्न पाउने छैनन् । त्यस्तै मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि बैंकले कर्जा प्रवाह (स्वदेशी मुद्रामा) समेत गर्न पाउने छैनन् । उल्लेखित वस्तु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । एलसी खोल्ने बेलामै आयातकर्ताबाट बैंकहरुले मार्जिन रकम लिनुपर्नेछ । आयातको रकम भुक्तानी गर्दा त्यस्तो मार्जिन रकमबाटै तिर्न पाइनेछ ।

हाल सम्म प्रतित पत्र अर्थात एलसी खोल्नका लागि बैंकहरुले सहजीकरण गरिदिने र ऋण दिने भएकाले नेपालमा सवारी साधन आयातकर्ता कम्पनीहरुलाई सहज थियो । तर अब भने नयाँ व्यवस्थाबाट आर्थिक भार पर्नेछ । यसले गर्दा समग्र अटोमोबाइल व्यवसायलाई नै समस्या पर्ने देखिन्छ । यद्यपि यसबाट विद्युतीय सवारी साधन आयातमा भने कुनै असर पर्ने छैन ।

सम्बन्धित समाचारहरू

कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

कोरोनाको असरः हुन्डाईको अल्काजार एसयूभी लन्चिङ स्थगित

हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि...

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...