४३ वर्ष पुरानो मारुती ८०० ले जित्यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड, बन्यो विश्व सम्पदा सवारी
काठमाडौं–भारतको अटोमोबाइल इतिहासमा महत्वपूर्ण स्थान बनाएको मारुती ८००...
बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको ध्यान मिड साइज एसयूभीमा केन्द्रित हुँदै गएको छ । यो सेग्मेन्टमा हुन्डाई, किया, मारुती सुजुकी, एमजी र रेनो लगायत ब्रान्डको प्रभाव बजारमा निकै राम्रो रहेको देखिन्छ । सोही अबस्थालाई मध्यनजर गर्दै सुजुकीले अर्को नयाँ एसयूभी थप गर्ने योजना बनाएको छ । त्यसैगरी महिन्द्रा र होन्डाले समेत यो सेग्मेन्टमा नयाँ एसयूभी उतार्ने तयारी थालेको छ । यी तीन एसयूभी समेत बजारमा आएपछि यो सेग्मेन्टको बजार थप प्रतिस्पर्धात्मक बन्ने आँकलन गरिएको छ ।
मारुती सुजुकीले टोयोटासँगको सहकार्यमा नयाँ एसयूभी तयार पारिरहेको बताइएको छ । हाल बजारमा उपलब्ध एसक्रसलाई विस्थापित गर्नेगरी नयाँ एसयूभी आउनेछ । जुन टोयोटा ग्रुप अन्तर्गतको डाइहात्सु न्यू ग्लोबल आर्किटेक्चरमा आधारित रहनेछ । यो नयाँ एसयूभी टोयोटाको न्यू ग्लोबल आर्किटेक्चर अन्तर्गत कम बजेटको एसयूभी हुनेछ । १.५ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिने अपेक्षा गरिएको यो एसयूभीलाई कम्पनीले माइल्ड अर्थात स्ट्रङ्ग हाइब्रिड सिस्टसहित उतार्ने तयारी थालेको बुझिएको छ । यो म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
होन्डाले यसअघि देखाएको आरएस कन्सेप्टमा नयाँ एसयूभी उत्पादन गर्ने भएको छ । होन्डा सिटीको प्लेटफर्ममा उत्पादन गरिने यो एसयूभीमा होन्डा सिटी सेडानमै उपलब्ध पावरट्रेन उपलब्ध हुने बताइएको छ । यो नयाँ एसयूभीमा १.५ लिटर क्षमताको पेट्रोल र सोही क्षमताकै टर्बो डिजेल इन्जिन उपलब्ध हुनेछ । जसको अधिकतम पावर र टर्क क्रमशः १२१ पीएस र १४५ एनएम तथा १०० पीएस र २०० एनएम रहनेछ । यो एसयूभीसमेत म्यानुअल र अटोमेटिक (सिभिटी) ट्रान्समिसनमा उपलब्ध हुने बताइएको छ ।
प्रायः एसयूभी सेग्मेन्टका गाडीमात्रै उत्पादन गर्दै आइरहेको महिन्द्रा एन्ड महिन्द्राले समेत यसअघिको ७ सिटर एसयूभी एक्सयूभी ५०० लाई ५ सिटरसहित नयाँ मिड साइजमा कन्भर्ट गर्ने तयारी थालेको छ । यो नयाँ एसयूभी हाल कारोबार भैरहेका एक्सयूभी ७०० र एक्सयूभी ३०० को बीचमा रहने बताइएको छ । जसमा १.५ लिटरको टर्बो पेट्रोल र १.५ लिटरकै टर्बो डिजेल इन्जिनको विकल्प दिइनेछ । यो एसयूभी समेत म्यानुअल र अटोमेटिक दुबै ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...