एफआईए अध्यक्षमा सुलेयाम निर्वाचित : वर्ल्ड काउन्सिलमा नेपालको तर्फबाट पनि प्रतिनिधित्व

विश्वकै एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डेल अटोमोवाइल (FIA) को साधारण सभा तथा निर्वाचन यसै हप्ता फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ । निर्वाचनमा युनाइटेड अरब इमिरेट्सका मोहमद बेन सुलेयाम अध्यक्षमा निर्वाचित भए ।

लगातार १२ वर्ष चमत्कारिक नेतृत्व गरेका जन टोडको विदाइ गरिएको छ । उनको विदाइले मात्र होइन, पहिलो पटक युरोप भर्सेस एसिया जस्तो बनेको अध्यक्षका उम्मेदवारीले पनि यस पटकको साधारण सभा विशेष रहेको थियो ।

नेपालको लागि थप चासोको विषय भनेको पहिलो पटक नेपालले पनि विश्व महासंघको कार्यसमिति (जसलाई प्रेसिडेन्सिल र वर्ल्ड काउन्सिल पनि भनिन्छ) मा प्रतिनिधित्व जनाउन पाएको छ । Region II को तर्फबाट नासा नेपालका गोबिन्द भट्टराई चयन भए ।

विश्वका १५० भन्दा धेरै देशमा र करोडौं सदस्य रहेको राष्ट्रिय संघहरुको विश्वको अग्रणी मोटरिङ्ग संस्था हो एफआईए, जसले मुलतः मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी एन्ड ड्राइभ टुरिजम, रोड सेफ्टी एण्ड सस्टेनेबिलिटी, ई–भेइकल तथा इनोभेसनमा विश्वब्यापी तालिम तथा लबिङ्गको कार्य गर्दछ ।

सन् १९०४ मा स्थापित भएको एफआईएमा हाल ASN, ACN र एसोसिएसन गरि तीन किसिमका सदस्यहरु क्रियाशील छन् । नेपालको तर्फबाट नासा नेपाल ASN र ACN दुवै प्रकारको राष्ट्रिय संघ हो जो एक दशक देखि नेपाली अटोमोबाइलको क्षेत्रमा क्रियाशील छ ।

गत डिसेम्बर १७ मा पेरिसबाट र विश्वभरिबाटै निर्वाचन हुने एफआईएको तालिका रहेको थियो । प्रत्येक ४ वर्षको लागि कार्यकाल रहेको FIA World Council को लागि यस वर्ष निर्वाचन समेत भयो । निर्वाचनमा मुलतः मोटर स्पोर्ट्स, मोबिलिटी र टुरिजम, रोड सेफ्टी, गाडी निर्माताहरु फर्मुला वान र अन्य इभेन्ट, ड्राइभरहरु, इभेन्ट अर्गनाइजर, नागरिक संगठन, महिला र अपाङ्ग क्षेत्र, आईएनजिओ र वातावरण लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु उम्मेदवार रहेका थिए । तसर्थ पनि यो विश्वकै महत्वपूर्ण, बहुआयमिक र प्रभावशाली संगठन बन्न पुगेको हो ।

FIA का महादेशीय संगठनहरु, विषयगत संस्थाहरु तथा रणनीतिक साझेदारहरु गरी ३ किसिमका संघ/महासंघहरु रहेका छन् भने प्रत्येक देशमा एक देखि पाँचवटा राष्ट्रिय संघहरु छन ।

सम्बन्धित समाचारहरू

पावर टु पावर स्टेयरिङमा वर्षा बस्नेत विजयी

पावर टु पावर स्टेयरिङमा वर्षा बस्नेत विजयी

काठमाडौं – हिमालयन मोटरल्याण्डमा भर्खरै सम्पन्न एपावर टु पावर स्टेयरिङ...

थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

थाइल्यान्ड सर्किटमा हुने रोड रेसिङमा भाग लिन प्रस्थान गरे नेपाली मोटरसाइकल रेसर

एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १...

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...