रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले सन् २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल लन्च गर्ने भएको छ । जसमा स्क्र्याम ४११ देखी नयाँ बुलटे ३५० सम्म रहने बताइएको छ । यीमध्ये केही बाइकहरुको तस्बिर भारतीय संचारमध्यममा लिक समेत भैसकेको छ ।

स्क्र्याम ४११
रोयल इन्फिल्ड हिमायलयनमा आधारित यो मोडल स्क्र्याम्बलर सेग्मेन्टको हुनेछ । जसमा यसअघिको हिमालयनमा दिइएकै ४११ सिसी इन्जिन जडान गरिनेछ । यो बाइकको अधिकतम पावर २४.३१ पिएस र टर्क ३२ एनएम रहनेछ । यसमा मेटियोर ३५० मा दिइएको इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध गराइने भएको छ ।

६५० क्रुजर
२०२१ को एक्मा मोटर शोमा प्रदर्शन गरिएको एसजी ६५० कन्सेप्टमा आधारित यो बाइकलाई अहिले कम्पनीले भारतको बिभिन्न सडकमा परिक्षण गरिरहेको छ । यसमा इन्टरसेप्टर र कन्टिनेन्टल ६५० मा दिइएको पावरट्रेन उपलब्ध हुनेछ ।

६५० रोडस्टर
६५० क्रुजरसंगै रोड टेस्ट भैरहेको यो मोडलका बारेमा भने बिस्तृत बिबरणहरु वाहिरीसकेका छैनन् । ६५० सिसी क्षमताको यो बाइकमा समेत इन्टरसेप्टर र कन्टिनेन्टल ६५० मा दिइएको पावरट्रेन उपलब्ध हुने अनुमान लगाइएको छ ।

नयाँ जेनेरेशनको बुलेट ३५०
रोयल इन्फिल्डको निकै नै लोकप्रिय मोडल बुलेटको नयाँ जेनेरेशनलाई कम्पनीले पुनः बजारमा उतार्ने तयारी थालेको छ । यो बाइक हालको क्लासिक ३५० कै प्लेटफर्ममा तयार हुनेछ । जसको पावरट्रैन समेत एकै प्रकारको हुनेछ । यसमो अधिकतम पावर २०.२१ पिएस र टर्क २७ एनएम रहनेछ ।

हन्टर
३५० सिसी क्षमताको यो मोटरसाइकललाई समेत कम्पनीले अहिले रोड टेस्ट गरिरहेको छ । यो मोटरसाइकलमा कम्पनीले क्लासिक र मेटियोर ३५० मा दिइएको पावरटे«न उपलब्ध गराउने भएको छ । यसको डिजाइने भने एकदमै साधरण र क्लासिक रहने बताइएको छ ।

सम्बन्धित समाचारहरू

विश्वभर एकै दिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै, नेपालमा चित्लाङ पुगेर मनाइदै

विश्वभर एकै दिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै, नेपालमा चित्लाङ पुगेर मनाइदै

काठमाडौं – बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इन्फिल्ड’ को...

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप...

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...