६०० किलोमिटर रेन्ज दिने कियाको नयाँ इलेक्ट्रिक एसयुभी सार्बजनिक, यस्ता छन् विशेषता
कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको...
दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले आज भारतीय लाइनअपमा चौथो कार किया क्यारेन्स लन्च गर्दैछ । किया क्यारेन्स हुन्डाई अल्काजारको प्लेटफर्ममा आधारित एसयूभी हो । यद्यपि यो एसयूभी हो कि एमपीभी हो भन्ने जानकारी अझै खुल्न सकेको छैन ।
किया इन्डियाले सो कार लन्चिङ भन्दा पहिला कारको केही स्केच तस्विर जारी गरेको छ । यसका आधारमा उक्त कारमा यी विशेषता हुने बताइएको छ ।
भारतमा कियाको नयाँ डिजाइन
किया क्यारेन्स लन्च गरेसँगै भारतमा कियाको नयाँ ’अपोजिट्स युनाइटेड’ डिजाइन भारतमा प्रस्तुत हुनेछ । यसमा टाइगर नोज ग्रिलको स्लिकर भर्सन प्रदान गरिने छ, जुन फंकी डीआरएलको साथमा स्लिक एलईडी हेडल्याम्पले घेरिएको छ ।
यसको साथै कारमा बडीको चारैतिर बडी क्लेडिङ जडान गरिएको छ, जसले यो कारलाई रफ र टफ लुक दिन्छ । हालसालै सार्वजनिक भएका केही टिजर तस्बिरमा एलईडी टेल ल्याम्पको कनेक्टेड सेट पनि देखाइएको छ ।
प्रिमियम इन्टेरियर
कम्पनीले किया क्यारेन्सलाई किया सेल्टोस भन्दा फरक बनाउनका लागि अनौठो इन्टेरियर समावेश गरेको छ । कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम फ्लोटिङ युनिटको सट्टा ड्यासबोर्डमा राखिएको छ ।
क्याबिनलाई अपमार्केट वातावरण दिन चारैतिर विभिन्न प्लास्टिक बनावटहरू प्रयोग गरिएको छ । किया क्यारेन्समा क्याप्टेन सिट सहितको ६ सिट र बीचको रोमा ७ सिटर पेश गरिएको छ ।
फिचर
किया क्यारेन्समा डिजिटल ड्राइभर डिस्प्ले, यूभीओ कनेक्टेड कार टेक, एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस फोन चार्जर, बोस साउन्ड सिस्टम, एम्बियन्ट लाइटिङ र पानोरामिक सनरुफ जस्ता फिचर समावेश गरिएको छ ।
यसको साथै कारमा पावर ड्राइभर सिटको फिचर पनि दिइएको छ । सेफ्टी फिचरमा एयरब्याग, ईबीडीको साथमा एबीएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ ।
हुन्डाई अल्काजारको इन्जिन समावेश हुने
किया क्यारेन्समा हुन्डाई अल्काजारको २ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ । पेट्रोल इन्जिनले १५९ बीएचपी पावर दिन्छ भने डिजेल इन्जिनले ११५ बीएचपी पावर दिन्छ ।
यसको दुबै इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको विकल्पमा उपलब्ध रहेको छ । यसको १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन बेस–स्पेक भेरिएन्टको लागि दिन सकिन्छ, जसले ११५ बीएचपीको पावर प्रदान गर्छ ।
मूल्य र प्रतिस्पर्धा
अनुमानित रिपोर्ट अनुसार सो कार २०२२ को सुरुवातमा बिक्रीमा जाने अपेक्षा गरिएको छ । कारको मूल्य लगभग १५ लाख भारु हुने अनुमान छ । यसले हुन्डाई अल्काजार, टाटा सफारी, महिन्द्रा एक्सयूभी ७०० र एमजी हेक्टर प्लससँग प्रतिस्पर्धा गर्नेछ ।
कोरियाली अटो निर्माता कियाले आफ्नो बर्न ईभी लाइनअपमा नयाँ एसयुभी थप गरेको...
कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च...
भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...