नयाँ अमेज पुरानोको तुलनामा २ लाख भन्दा बढीले महंगो, यस्तो छ सबै भेरियन्टको मूल्य

नेपाली बजारमा केही दिनअघिमात्र सार्बजनिक गरिएको होन्डाको नयाँ अमेज पहिलेको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको छ । यो नयाँ कम्प्याक्ट सेडान म्यानुअलमा दुई र सिभिटीमा दुई गरी कुल चार वटा भेरियन्ट उपलब्ध रहेको छ । जसको मूल्य यसअघिको पुरानो मोडलको तुलनामा २ लाख भन्दा बढीले महंगो देखिएको हो ।

सबैभन्दा सस्तो एस म्यानुअलको मूल्य ४० लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले यसअघिको मोडललाई जम्मा ३८ लाख ३० हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ । त्यसैगरी अर्को एस सिभिटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरियन्टको मूल्य पुरानोको तुलनामा २ लाख २ हजार रुपैयाँ बढी देखिएको छ । यसअघिको पुरानो मोडललाई कम्पनीले ४३ लाख रुपैयाँमा बिक्री गर्दै आएको हो ।

भिएक्स म्यानुअलको पुरानो मोडललाई ४४ लाख १५ हजारमा बिक्री गर्दै आइरहेको कम्पनीले नयाँ मोडलको भने ४५ लाख ८७ हजार रुपैयाँ निर्धारण गरेको छ । यो भेरियन्टमा मूल्य अन्तर जम्मा १ लाख ७२ हजार रुपैयाँ देखिएको छ । सबैभन्दा महंगो भिएक्स सिभिटीमा मूल्य अन्तर समेत धेरै देखिएको छ । यसअघि ४८ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको यसको नयाँ भेरियन्टलाई ५० लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरियन्टमा २ लाख ११ हजार रुपैयाँको मूल्य अन्तर देखिएको छ ।

यस्तो छ नयाँ अमेज
अटोमेटीक हेड ल्याम्प, सि आकारको एलइडी लाइटको समिश्रण र स्लीक फ्रन्ट ग्रिलले अमेजलाई फ्रेस देखाएको छ । एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएलका साथै नयाँ एड्भान्स फ्रन्ट फगल्याम्प र डायमण्ड कट टु टोन मल्टीस्पोक आर–१५ अलोय ह्विलले यो कारको लुक्समा निखार दिएको छ ।

त्यसैगरी यो नयाँ कारमा गाइडलाइन सहितको रियर मल्टीभ्यु क्यामेरा रहेको छ । यो कारले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ । यो कारमा रहेको स्लिक सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सी आकारको एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल लगायत अन्य विशेषताहरु समेत उपलब्ध गराइएको छ ।

यसमा १.२ लिटर आई–भिटीइसी पेट्रोल र १.५ लिटर आई–डिटीइसी डिजेल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र डिजेल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल...

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

आकर्षक लुक सहित होन्डाले अन्तर्राष्ट्रिय बजारमा ल्यायो ३०० सीसीको एड्भेन्चर बाइक

होन्डाले होन्डा एक्सआरई ३०० को २०२१ भर्सन लन्च गरेको छ । कम्पनीले सो बाइक...

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

काठमाडौं – एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...