डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल

इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको डुकाटी वर्ल्ड प्रिमियरमा २०२२ डुकाटी डेजर्टएक्स सार्वजनिक गरेको छ । कम्पनीले यो नयाँ मोडल विशेषगरी अफ–रोडको लागि डिजाइन गरिएको बताएको छ । नयाँ डुकाटी डेजर्टएक्स कम्पनीको -याली बाइकको रुपमा प्रस्तुत गरिएको छ । सो बाइक डुकाटीको आइकोनिक बाइकबाट प्रेरित भएको देखिन्छ, जुन १९९० को दशकमा ¥याली रेडमा देखाइएको थियो ।

इन्जिन र पावर
नयाँ डेजर्टएक्स लामो दुरीको यात्राका लागि विकसित गर गरिएको छ । २०२२ डुकाटी डेजर्टएक्समा डुकाटीको नयाँ डेजर्टएक्स वाटर–कूल्ड ९३७ सीसी डेस्मोड्रोमिक ११ डिग्री टेस्टाट्रेटा लिक्विड–कुल्ड भी ट्वीन इन्जिन समावेश गरिएको छ । सो इन्जिनले ९२५० आरपीएममा १०८ बीएचपीको पावर र ६५०० आरपीएममा ९२ एनएमको टर्क जेनेरेट गर्छ ।

सस्पेन्सन र टायर
डुकाटी डेजर्टएक्समा २१ इन्च फ्रन्ट र १८ इन्च रियर वायर स्पोक ह्वील जडान गरिएको छ । बाइकमा पिरेली स्कार्पियन ¥याली एसटीआर टायर उपलब्ध छ । बाइकको फ्रन्टमा ४६ एमएमको यूएसडी कायाबा फोर्क र रियरमा कायाबा मोनो–सक प्रयोग गरेको छ । बाइकको सम्पूर्ण सस्पेन्सन सेटअप कम्प्रेसन, रिबाउन्ड र प्रिलोडका लागि समायोजन गर्न सकिन्छ ।

फिचर
डेजर्टएक्समा ६ राइडिङ मोड, ४ पावर मोड, इन्जिन ब्रेक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ह्विली कन्ट्रोल, कर्नरिङ एबीएस र बाई डाइरेक्शनल क्विक शिफ्टर जस्ता फिचर उपलब्ध छ । बाइकमा फुल एलईडी लाइटिङ र ५ इन्चको टीएफटी डिस्प्ले पनि छ ।

अन्य स्पेसिफिकेशन
डुकाटी डेजर्टएक्सको ग्राउन्ड क्लियरेन्स २५० एमएम छ । सिटको उचाइ ८७५ एमएम छ । यसमा तल्लो सिट पनि सहायकको रूपमा उपलब्ध छ । बाइकमा २१ लिटरको इन्धन ट्यांकी छ । डेजर्टएक्सको कुल वजन २०२ किलोग्राम छ ।

सम्बन्धित समाचारहरू

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी...

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...