शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

चिसो मौसममा विहान बाइक स्टार्ट गर्न समस्या हुन्छ । रातको चिसो मौसममा इन्जिनलगायतका सबै पार्ट्स चिसो भएको अवस्थामा बाइक स्टार्ट गर्न धेरैले समस्या भोग्ने गरेको पाइन्छ ।

यसका लागि निश्चित टिप्स अपनाउन सकिन्छ । नेपाली बजारमा विभिन्न ब्रान्डका पार्ट्स उपलब्ध गराइरहेको श्रीदुश इन्टरनेसनलले यसका लागि स्टेप बाई स्टेप गाइड सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेको छ ।

पहिलो विकल्पको रुपमा पेट्रोल नब खोलेर यसलाई ‘अन’ बाट ‘अफ’ वा ‘रिजर्भ’ मा राख्नु पर्छ । यसबाट मोटरमा इन्धनको प्रवाह गराउन सकिन्छ ।

अनि मोटरसाइकललाई केही हल्लाउने र अगाडि पछाडि गर्ने । लामो समय सम्म मोटरसाइकल त्यत्तिकै थन्किएको अवस्थामा तरल पदार्थ तल्लो भागमा जम्मा भएको हुन्छ । हल्लाउदा यसले गियरलाई लुब्रिकेट गर्छ ।

त्यसपछि बाइकलाई स्टार्ट गरी यसले निकाल्ने आवाजलाई मोनिटर गर्न सकिन्छ । बाइकले स्वाभाविक आवाज निकालेमा अब यसलाई केही वेर रहन दिनु पर्छ ।

अन्त्यमा बाइकको आइडल स्क्रुलाई १००० देखि १५०० आरपीएम सम्म राखेर केही मिनेट छोड्ने र तात्न दिने । त्यसपछि बाइक चलाएर निश्चित गन्तब्यमा लाग्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका...

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

कारको वाइपर विशेषगरी वर्षायाममा निकै उपयोगी पार्ट्स हो । कारको वाइपर...

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

धोविघाट आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट, क्षतीको विवरण आउन बाँकी

हिजो राती धोविघाटमा भएको आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...