नेपालमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीलाई अर्थमन्त्रिको जोड

स्वदेशमै गाडीको उत्पादन गर्न अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल ब्यावसायीमाझ आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधरण सभालाई सम्बोधन गर्दै उनले अब नेपालमै गाडी उत्पादन थाल्नुपर्ने समय आएको र त्यसका लागि सरकारले सकेको सहयोग गर्ने बताएका हुन् । गाडीको आयतबाट राजश्वमा योगदान गरेको भनेर व्यवसायीले गर्ब गर्नु भन्दा पनि कसरी हुन्छ आयत घटाउन लागिपर्नु पर्ने बताउँदै उनले भने, ‘हामी तापाईहरुले योगदान गर्नुभएको २५ प्रतिशत राजश्वलाई कम गर्न चाहन्छौ । त्यसका लागि तपाईहरुले स्वदेशमै गाडीको उत्पादन थाल्नुस, उद्योगका लागि चाहिने जमिन निशुल्क र बिद्युत सहुलियत दिन तयार छौ ।’

स्वदेशमै गाडी उत्पादन शुरु गर्दा यसका लागी आबश्यक पर्ने पार्टपूर्जाको समेत उद्योग खुल्ने र यसले रोजगारी सिर्जना गर्ने उनको भनाई थियो । कार्यक्रमा बोल्दै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले नाडालाई सबै प्रदेशमा बिस्तार गरिएको कारण यो संस्था थप बिस्तृत बनेको धारणा राखे । उनले भने, ‘सवारीसाधनको खपत बढ्दै गएपनि सडक र पूर्बाधार बिस्तारमा राज्यले खासै चासो नदिएका कारण उपभोक्ताहरुले सास्ति खेप्नु परेको छ । यसतर्फ सरकोकारवाला निकायहरुको ध्यान जानु जरुरी छ ।’

कार्यक्रमका बिशेष अतिथी समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हाल केही कम्पनीले मोटरसाइकल र स्कुटरको उत्पादन थालिसकेको बताउँदै राज्यले यो क्षेत्रमा देखापरेका हाल बिद्यामान नितिगत अस्पस्टताहरुको उचित समाधान गर्न सके भोलीका दिनमा गाडीको उत्पादन गर्न कुनै समस्या नहुने धारणा ब्यक्त गरे ।

नाडाका उपाध्यक्ष करण चौधरीले राज्यले शंकाको भरमा व्यवसायीमाथी केरकार गर्न छाडेर यो क्षेत्रको दिर्घकालिन विकासका लागि सहजीकरण गर्नु पर्ने बताए । नेपालमा सवारीसाधन उत्पादन थाल्नुभन्दा पहिले यसले दिर्घकालमा पार्न सक्ने असर र अबसर दुबै पक्षका बारेमा रिसर्च गर्नुपर्ने उनको धारण थियो ।

नाडाको यो साधरणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने हुँदा यसका लागि भोली मतदान हुने कार्यक्रम रहेको छ । नेतृत्वमा यसपाली हालका उपाध्यक्ष करण चौधरी र यसअघिको उपाध्यक्ष धुब्र थापाबिच प्रतिस्पर्धा हुँदै छ ।

सम्बन्धित समाचारहरू

कस्तो आउला बजेट ? चार पांग्रे सवारी साधनको लागि नाडाले दियो यस्तो सुझाव

कस्तो आउला बजेट ? चार पांग्रे सवारी साधनको लागि नाडाले दियो यस्तो सुझाव

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनले अर्थ मन्त्रालयमा विभिन्न...

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ईभी...

वाडा अटो शोमा एलईभी ०१ ईभी किन्दा ३ लाख सम्मको अतिरिक्त लाभ

वाडा अटो शोमा एलईभी ०१ ईभी किन्दा ३ लाख सम्मको अतिरिक्त लाभ

पोखरा – पोखरामा जारी वाडा अटो शोमा एलईभी ०१ ईभी खरिद गर्ने ग्राहकले ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...