बन्दीपुर हेरिटेज राइड सम्पन्न
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...
रोयल इन्फिल्डले आफ्नो १२० औँ बार्षिकोत्सवको अबसर पारेर उत्पादन गरेको इन्टरसेप्टर ६५० र जीटी कन्टिनेन्टल ६५० को १२० युनिट पूर्ण रुपमा सोल्ड आउट भएको छ । बिक्री खुल्ला गरिएको २ मिनेटको किर्तिमानी समयमै यी बाइक बिक्री भएका हुन् । कम्पनीले यी दुई मोडललाई ६० युनिटका दरले कुल १२० युनिट उत्पादन गरेको थियो ।
मेकानिकल पक्ष र अन्य फिचर्समा कुनै परिबर्तन नगरिएको यो बाइकको लुक्स तथा डिजाइनमा भने कम्पनीले केही परिबर्तन गरेको थियो । यो बाइकको इन्जिन, साइलेन्सर र अन्य भागमा समेत ब्ल्याक कलरको फिनिसिङ दिइएको छ । ब्ल्याक क्रोम कलर स्किम र ह्यान्ड क्राफ्टेड ब्रास ट्यांक ब्याजसहित सार्बजनिक गरिएको यो बाइकमा राइडरले अत्याधिक रुची देखाएपछि कम्पनीले निकट भबिष्यमै यसको मास प्रोडक्सन थाल्ने जनाएको छ ।
यसमा कम्पनीले यसअघिको रेगुलर मोडलमा उपलब्ध गराउँदै आइरहेको ३ बर्ष वारेन्टिलाई बढाएर ५ बर्षसम्म पुर्याएको छ । यसको मूल्य २ लाख ७५ हजारदेखी ३ लाख १३ हजार भारुसम्म निर्धारण गरिएको थियो ।
रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...
काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले...
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...