यस्तो छ नेपाल भित्रिने अन्तिम तयारीमा रहेको फक्सवागन टाइगुनको ५ बिशेषता
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...
जर्मन अटोमेकर फक्सवागनले आज भारतीय बजारमा २०२२ टिग्वान फेसलिफ्ट लन्च गरेको छ । भारतीय रुपैयाँ ३२ लाख मूल्य निर्धारण गरिएको यो एसयुभीले जिप कम्पास, हुन्डाई टुसान र सिट्रोन सि५ एयरक्रससंग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
५ सिट क्षमताको यो प्रिमियम एसयुभीमा २.० लिटर क्षमताको फोर सिलिन्डर टिएसआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९० पिएस र टर्क ३२० एनएम रहनेछ । जुन पुरानो मोडलमा जडान गरिएको टिडिआई इन्जिनले प्रदान गर्ने १४३ पिएसको तुलनामा ४७ पिएसले बढी हो । यो एसयुभीमा ७ स्पिड डिएसजी अटोमेटिक ट्रान्समिसन दिइएको छ जसले ४x४ सिस्टममार्फत चारवटै चक्कामा पावर ट्रान्सफर गर्न मद्धत गर्छ ।
यो एसयुभीमा रिडिजाइन गरिएको ग्रिल, परिमार्जन गरिएको फ्रन्ट र रियर बम्पर, नयाँ त्रिकोणात्मक आकारको फग ल्याम्प हाउजिंग, नयाँ सेन्ट्रल एयर इन्टेक, म्याट्रिक्स टेक्नोलोजिको एलइडी सहित थप स्लिक हेडलाइट, नयाँ डिजाइनको १८ इन्च एलोई ह्विल, मरिमार्जन गरिएको एलइडी टेल लाइट र थप फराकिलो स्पेस उपलब्ध गराइएको छ ।
एमक्युबी प्लेटफर्ममा डिजाइन गरिएको यसको क्याबिन लोडेड इक्विपमेन्टका साथ थप आरामदायी र सुबिधासम्पन्न देखिएको छ । जहाँ एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ८ तरिकाबाट एड्जस्ट गर्न सकिने पावर ड्राइभर सिट, क्रुज कन्ट्रोल, इन्जिन स्टार्ट/स्टप बटन, कनेक्टिभिटीमा आधारित फिचर्स, लेदर सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ र अन्य थुप्रै फिचर्स पाउन सकिन्छ ।
त्यसैगरी ६ वटा एरयब्याग, एबिएस, इएसपी, हिल एसिस्ट स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र ड्राइभर अलर्ट लगायत अन्य धेरै प्रकारका सेफ्टि फिचर्स समाबेश गरिएको छ ।
यो एसयुभी अबको केही समयपछि नेपाली बजारमा समेत भित्रिने आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपाल स्रोतले बताएको छ । यसको मूल्य नेपाली बजारमा १ करोड ५० लाख हाराहारीबाट शुरु हुने अनुमान लगाइएको छ ।
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय...
काठमाडौं – जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल...
फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...