छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकमा ट्राफिक सचेतनामूलक चित्रकला
सडक सुरक्षा सप्ताहमा दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले पनि साना...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटरसाइकलको क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित एफआईएम फेमिली ट्रफी प्राप्त गरेको छ । नासा नेपालले टु ह्विल टुरिङ र सेफ्टी राइडिङ इनिसिएटिभ वापत सो अवार्ड पाएको हो । मोनाकोको प्रसिद्ध स्पोर्टिङ मोन्टेकार्लो भेन्युमा सो अवार्ड नासा नेपालका सल्लाहकार गोविन्द भट्टराईलाई प्रदान गरिएको छ ।
विश्वभरका राष्ट्रिय खेल संघहरु मध्येबाट एउटा उत्कृष्ट संघ छनोट गरी प्रदान गरिने सो ट्रफी मुलतः कुनै नयाँ कन्सेप्ट, विशेष अभियान, इनोभेसन, ऐतिहासिक उपलब्धि जस्ता विश्व स्तरीय प्रभाव पार्ने कुनै एउटा परियोजनालाई आधार मानेर दिइन्छ ।
मोटरसाइक्लिङको क्षेत्रमा युवाहरुलाई तालिम प्रदान गर्ने, प्रवद्र्धन गर्ने र प्रतियोगितात्मक कार्यक्रम गर्ने, मोटरसाइक्लिङ सेफ्टीमा सुधार गर्ने, मोटरसाइक्लिङ सस्टेनेबिलिटीमा सुधार गर्नेलगायतका विभिन्न कार्यक्रम गर्ने संघलाई यो अवार्ड प्रदान गरिने आधार निर्माण गरिएको छ ।
ट्रफी जित्ने विजेतालाई आकर्षक ट्रफी प्रदान गरिनुका साथै ५ हजार युरो, आतेजाते टिकट र मोनाकोको होटल खर्च सबै एफआईएमले प्रदान गर्ने गरेको छ ।
ट्रफी प्राप्त भए पछि अब विश्वभरका मोटरसाइक्लिस्टहरुको ध्यान नेपालतर्फ तानिने भट्टराईले बताए । उनीहरुका लागि नेपाल नयाँ र आकर्षक गन्तब्य बन्ने छ । यस सम्बन्धी विभिन्न गतिविधिका लागि एफआईएमले समेत सहजीकरण गर्नेछ ।
मोनाकोमा आयोजना गरिएको एफआईएम अवार्ड वितरण समारोहमा अन्य विभिन्न विश्व प्रसिद्ध विधाहरुमा समेत पुरस्कार प्रदान गरिएको थियो । मोनाकोका प्रिन्स अल्बर्ट द्वितीयको समेत उपस्थितिमा सम्पन्न सो समारोहमा २०२० र २०२१ दुवै वर्षका पुरस्कार वितरण गरिएको थियो । गत वर्षको अवार्ड समेत कोभिड–१९ का कारण वितरण हुन नसकेकाले यही वर्ष वितरण गरिएको हो ।
एफआईएमका अध्यक्ष जर्ज भेगास र अन्य प्रतिष्ठित व्यक्तिहरुले सो पुरस्कार वितरण गरेका थिए ।
फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम) विश्वको मोटरसाइक्लिङ सम्बन्धी अन्तर्राष्ट्रिय संस्था हो । यसले मोटरसाइक्लिङ सम्बन्धी विभिन्न गतिविधि गर्नुका साथै नियमन गर्ने कार्य गर्छ ।
सडक सुरक्षा सप्ताहमा दादा ड्राइभिङ एन्ड सेफ्टी स्कुलले पनि साना...
काठमाडौं – नेपाल प्रहरीका सबै मोटरसाइकल तथा स्कुटर चालकले पछाडि बस्नेले...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...