३० प्रतिशत डाउन पेमेन्टमै फोर्ड फ्रिस्टायल, बाँकी २० प्रतिशत रकममा उधारोको सुबिधा

फोर्डको फ्रिस्टायल अब ३० प्रतिशत डाउनपेमेन्टमा नै खरिद गर्न पाइने भएको छ । नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सले सार्बजनिक गरेको फोर्ड इएमआई होलिडे स्किम अन्तर्गत डाउनपेमेन्टको बाँकी २० प्रतिशत रकम कम्पनी आफैले भुक्तानी गरिदिने छ । ४ महिनापछि भने ग्राहकले उक्त रकम कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ । बाँकी ५० प्रतिशत रकमलाई अटोलोनका रुपमा बैंक तथा बित्तिय संस्थाले लागनी गर्नेछन् ।

३५ लाख मूल्य निर्धारण गरिएको यो क्रसओभर हात पार्न ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट अन्तर्गत १७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेमा जम्मा १० लाख ५० हजार रुपैयाँ बुझाएपछि कार हात पार्न सक्नेछन् । बाँकी ७ लाखलाई ४ महिनापछि भुक्तानी गरे हुने कम्पनी स्रोतले बताएको छ । यसमा नगद छुटको समेत ब्यावस्था गरिएका कारण यो रकम अझै कम पर्न जाने बताइएको छ ।

उक्त स्रोतका अनुसार हाल बैंक तथा बित्तिय संस्थाहरुमा देखिएको तरलता अभावका कारण अटोलोनमा कडाई गरिएपछि ग्राहकलाई सुबिधा प्रदान गर्न कम्पनीले यो योजना अघि सारेको हो । यो योजनाबाट फोर्डको लोकप्रिय क्रसओभर फ्रिस्टायल खरिद गर्न चाहने ग्राहक लाभन्बित बन्न सक्ने उसको भनाई छ । फोर्डले भारतीय बजारमा उत्पादन बन्द गर्ने निर्णय गरेसंगै यो ब्रान्डको भबिष्यलाई लिएर नेपाली उपभोक्तामाझ अन्योलता कायमै रहेको अबस्थामा कम्पनीले यस्तो योजना अघि सारेको हो ।

यो सुबिधाको अतिरिक्त कम्पनीले १ बर्षको निशुल्क इन्सुरेन्स, एक्स्चेन्ज बोनस र निशुल्क एसेसोरिज समेत उपलब्ध गराउने जनाएको छ । ९५ बिएचपी र ११९ एनएम टर्क रहेको १ हजार २ सय सिसी क्षमताको यो गाडीमा कम्पनीले ३ बर्षको वारेन्टि प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

फोर्स मोटर्सले भारतमा डेलिभरी दिन थाल्यो अफरोड एसयुभी गोर्खा

फोर्स मोटर्सले भारतमा डेलिभरी दिन थाल्यो अफरोड एसयुभी गोर्खा

फोर्स मोटर्सले अघिल्लो महिना सार्बजनिक गरेको गोर्खा एसयुभीकका ग्राहकलाई...

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

फुटबलर मेसीको कार कलेक्सनमा करोडौ रुपैयाँका महंगा कार

विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...

चीनीयाँ ब्रान्डका ४ पिकअप, यस्तो छ इन्जिन, फिचर्स र मूल्य

चीनीयाँ ब्रान्डका ४ पिकअप, यस्तो छ इन्जिन, फिचर्स र मूल्य

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...