नाडा अध्यक्ष उम्मेदवार थापाले औपचारिक रुपमा घोषणा गरे आफ्नो प्यानल

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका व्यवसायी ध्रुव बहादुर थापाले आफ्नो प्यानल औपचारिक रुपमा घोषणा गरेका छन् । ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ उनको प्यानलको परिचयात्मक कार्यक्रम र अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरिएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गर्दै अध्यक्ष पदका प्रत्याशी थापाले आफ्नो टिमको प्रतिवद्धता सार्वजनिक गर्दै आफ्नो टिममा रहेका सदस्यहरुको व्यवसायीक क्षमताको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै थापाले भने ‘हामीले सबै प्रदेशका साथीहरुसँग अन्तक्र्रिया गरेका छौं । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं ।’

नाडाका वर्तमान सदस्य तथा थापा प्यानलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीद्वारा संचालित सो कार्यक्रममा उनले नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए ।

थापा प्यानलको प्रतिबद्धतामा प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन् ।

अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहलकदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि उनको टिमले घोषणा गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् ।

थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेर नयाँ इतिहास रचेका छन् । थापाले अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस.कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी समूहको निर्माण गरेका छन् ।

नाडा अध्यक्षका अर्का प्रत्याशी करण चौधरीले पनि हिजो आफ्नो टिमको घोषणा गरिसकेका छन् । आगामी मंसिर २२ र २३ गते नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन हुने मिति तय भएको छ । निर्वाचनमार्फत १ जना अध्यक्ष र १७ जना सदस्य चुनिने छन् । विजेता सदस्यहरुबाटै फेरि पदाधिकारी चयन हुने छन् ।

सम्बन्धित समाचारहरू

आज अध्यादेशबाट आउदै बजेट : इलेक्ट्रिक गाडीमा कर घट्ने र अन्य माग सम्बोधन हुने अपेक्षा

आज अध्यादेशबाट आउदै बजेट : इलेक्ट्रिक गाडीमा कर घट्ने र अन्य माग सम्बोधन हुने अपेक्षा

काठमाडौं – आज सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने निश्चित...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

जी मोटर्स हुँदै जी ईभीमा फड्को : नाडा अटो शोमा ल्याउँदै छ जी ईभीले सर्बाधिक रेन्जको ईभी

काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...