रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
रोयल इन्फिल्डले आगामी केही महिनामा धेरै फ्ल्यागसिप मोडलहरू लन्च गर्ने योजना बनाइएको छ । कम्पनीको नयाँ बाइक हिमालयन एडभेन्चरको रोड ओरिएन्टेड भर्सन हुनेछ । मिडिया रिपोर्टका अनुसार भारतीय बजारमा कम्पनीको नयाँ मोडलको बिक्री फेब्रुअरी २०२२ मा सुरु हुनेछ ।
रिपोर्टका अनुसार रोयल इन्फिल्डको नयाँ बाइकको नाम स्क्राम ४११ हुने अनुमान गरिएको छ । तर कम्पनीले आधिकारिक रुपमा नाम भने सार्वजनिक गरेको छैन ।
भर्खरै सार्वजनिक गरिएको बाइक इन्टरनेटमा लिक भइसकेको छ । स्क्राम ४११ बाइकको डिजाइन हिमालयन जस्तो हुनेछ । यद्यपि यी दुई बाइकमा केही समानता पनि छ र भिन्नता पनि हुनेछ ।
स्क्राम ४११ मा लामो विन्डस्क्रिन, स्प्लिट सिट, स्ट्यान्डर्ड लगेज ¥याक, ठूलो फ्रन्ट ह्विल र केही अन्य फिचर हुनेछैन । यसको सट्टामा नयाँ बाइक सानो पाङ्ग्रा, कम सस्पेन्सन ट्राभल, सिंगल सिट र रियर पिलर ग्र्याब ह्यान्डल प्रयोग हुनेछ ।
रोयल इन्फिल्डको यो नयाँ बाइकको इन्जिन विवरण भने खुलाइएको छैन । तर बाइकमा एलएस४१०, सिंगल सिलिन्डर, एयरकुल्ड, ४ स्ट्रोक, एसओएचसी इन्जिन प्रयोग हुनेछ, जसले ४११ सीसीको पावर जेनेरेट गर्छ । बाइकको ट्रान्समिसन र गियरबक्समा केही परिवर्तन गरिनेछैन । सबैभन्दा महत्वपूर्ण कुरा, यसको मूल्य हिमालयन भन्दा कम हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...