फोर्स मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं -फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र कामना सेवा बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ । फोर्स मोटर्ससंग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । बैंकको तर्फबाट प्रबन्धक घनश्याम ढुङ्गेलको पनि उपस्थिति थियो । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुंङ्गेलले बताए ।

आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु  वितरण गरिरहेको छ । काठमाडौं, हेटौडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छ भने नेपालका विभिन्न शहरमा डिलर विस्तार गरी फोर्सका गाडी वितरण भइरहेका छन् ।

बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने बिक्री आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसीले बताए । धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिन लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको प्रबन्ध निर्देशक निरन केसीले बताए ।

सम्बन्धित समाचारहरू

भारतमा लन्च भयो फोर्ड फिगो अटोमेटिक, नेपालमा पनि केही दिनमै उपलब्ध हुने

भारतमा लन्च भयो फोर्ड फिगो अटोमेटिक, नेपालमा पनि केही दिनमै उपलब्ध हुने

भारतमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक लन्च भएको छ । यसको मूल्य ७ लाख ७५...

फोर्डको प्राथमिकतामा हाईब्रिड गाडी, ईभी उत्पादनमा ढिलाई गरिने

फोर्डको प्राथमिकतामा हाईब्रिड गाडी, ईभी उत्पादनमा ढिलाई गरिने

फोर्ड मोटरले इलेक्ट्रिक एसयूभी र पिकअप ट्रकहरूको उत्पादनमा ढिलाइ गर्ने...

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

नेपाल भित्रिने तयारीमा फोर्सको नयाँ गोर्खा, माघको दोस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौं – भारतमा धेरै बुकिङ भइरहेको फोर्सको नयाँ गोर्खा एसयूभी नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...