सुजुकीले स्विफ्टमा आधारित सानो एसयूभी ल्याउने

सुजुकीले स्विफ्ट ह्याचब्याक कारको नयाँ जेनेरेसन मोडल तयार गर्दैछ । कम्पनीले सन् २०२२ मा नयाँ जेनेरेसनको सुजुकी स्विफ्ट बजारमा लन्च गर्ने सम्भावना रहेको छ । यस बाहेक कम्पनीले सन् २०२३ सम्ममा नेक्स्ट जेनेरेसन स्विफ्ट स्पोर्टलाई अन्तर्राष्ट्रिय बजारमा लन्च गर्न सक्नेछ । सुजुकीले नेक्स्ट जेनेरेसनको स्विफ्ट ह्याचब्याक कारमा आधारित सानो एसयूभी ल्याउने योजना बनाएको मिडियाहरुले बताएका छन् ।

कहिले लन्च हुन्छ
रिपोर्टका अनुसार नयाँ स्विफ्टमा आधारित एसयूभी २०२४ मा लन्च हुने दाबी गरिएको छ । सो एसयूभी ५ सिटको सानो एसयूभी परफर्मेन्समा आधारित स्विफ्ट स्पोर्टमा आधारित हुनेछ । जापानी बजारमा नयाँ स्विफ्ट स्पोर्टमा आधारित एसयूभीलाई अपर लाइट क्लासको एसयूभीका रूपमा प्रस्तुत गरिने छ ।

इन्जिन र पावर
नयाँ स्विफ्टमा आधारित एसयूभीमा ४८भी माइल्ड हाइब्रिड सिस्टमको साथमा १.४ लिटर टर्बोचार्ज पेट्रोल इन्जिन हुन सक्छ । हाल १.४ लिटर टर्बो इन्जिनले १२९ बीएचपी पावर र २३५ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन नयाँ स्विफ्ट स्पोर्ट र अन्तर्राष्ट्रिय स्पेस सुजुकी जिम्नी ५ डोर भेरिएन्टमा पनि प्रयोग गरिने छ ।

इन्टेरियर
सुजुकी स्विफ्टमा आधारित एसयूभीमा बढी क्याबिन हुने सम्भावना छ । कारमा हाई ग्राउन्ड क्लियरेन्स, एसयूभी जस्तो डिजाइन एलिमेन्ट्स जस्तैः बडी क्ल्याडिङ, स्किड प्लेट र रूफ रेल्स, अग्लो स्ट्यान्स र ठूलो ग्रीनहाउस हुने सम्भावना छ । जापानी स्पेक मोडलमा अपडेट सस्पेन्शन सेटअप र सुजुकीको अलग्रिप एडब्ल्यु सिस्टम पनि हुने सम्भावना छ ।

कम्प्याक्ट क्रसओभर पनि ल्याउने
मारुती सुजुकीले बलेनो ह्याचब्याकमा आधारित कम्प्याक्ट क्रसओभर पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । सो मोडल नेक्सन भन्दा तल राखिनेछ र हालसालै लन्च गरिएको टाटा पन्च एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ एसयूभीको कोडनेम वाईटीबी राखिएको छ । यो कम्पनीको हार्टेक्ट प्लेटफर्ममा डिजाइन गरिनेछ । सो मिनी एसयूभीमा १.२–लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिने सम्भावना छ । उक्त इन्जिनमा १२भी माइल्ड हाइब्रिड सिस्टम हुनेछ जसले कारको माइलेज बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

क्र्यास टेष्टमा सुजुकी ई भिटारालाई ५ स्टार रेटिङ

क्र्यास टेष्टमा सुजुकी ई भिटारालाई ५ स्टार रेटिङ

मारुतु सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई भिटाराले ५ स्टार रेटिङ पाएको छ ।...

सुजुकी विन्टर अफर : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट

सुजुकी विन्टर अफर : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट

काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...

सुजुकी ‘फ्रि सर्भिस क्याम्प’ आयोजना हुँदै, ८ भाग्यशाली ग्राहकले ‘स्टेकेसन प्याकेज’ जित्ने

सुजुकी ‘फ्रि सर्भिस क्याम्प’ आयोजना हुँदै, ८ भाग्यशाली ग्राहकले ‘स्टेकेसन प्याकेज’ जित्ने

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...