५०० यूनिट मात्रै उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्बजनिक
सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक...
मारुती सुजुकीले कम्प्याक्ट एसयुभीमा सर्बाधिक सफल मानिएको ब्रेजालाई अपडेट गरेर पुरै नयाँ डिजाइनका साथ बजारमा उतार्ने तयारी थालेको छ । कम्पनीले यो एसयुभीलाई पुरै नयाँ लुक्स तथा डिजाइन र इन्टेरियरका साथ बजारमा उतार्ने तयारी गरेको हो । सन् २०१६ मा पहिलोपटक लन्च भएयता यो एसयुभीले सेग्मेन्टमै राम्रो बजार लिइरहेको छ । सार्बजनिक भएको नयाँ तस्बिरमा यो एसयुभी थप स्पोर्टी देखिएको छ ।
ब्रान्ड न्यू फ्रन्ट फेसिया
ब्रेजाको यो अपडेटेड मोडलको फ्रन्ट लुक्समा पुरै नयाँ पन पाइनेछ । जसका कारण यो ब्रान्ड न्यू ब्रेजा जस्तै देखिनेछ । यसमा दिइएको डुअल बिम हेड ल्याम्प एकदमै स्लिक देखिनेछ । साथै यसमा अपेडेट गरिएको बम्पर र फग ल्याम्पको साथै धेरै स्थानमा ब्ल्याक गार्निस थप गरिने छ । बोनेट सेक्सन पुरै नयाँ हुनेछ ।
टल पिल्लरलाई निरन्तरता
हाल बजारमा उपलब्ध ब्रेजमा दिइएको टल पिल्लरलाई भने नयाँ ब्रेजामा समेत निरन्तरता दिइने भएपनि फ्रन्ट र रियर फेन्डरलाई भने ब्ल्याक क्ल्याडिङका साथ अपडेट गरिने भएको छ । अपडेट गरिएको ग्लोबल सी आर्किटेक्चरमा आधारित भई निर्माण गर्न लागिएको यो नयाँ एसयुभीको डाइमेन्सनमा भने कुनै परिबर्तन गरिने छैन ।
रिडिजाइन गरिएको रियर लुक्स
फ्रन्ट लुक्समा जस्तै यसको रियर लुक्समा समेत ब्यापक परिबर्तन गरिने भएको छ । जसका कारण पछाडीबाट हेर्दा समेत यो एसयुभी पुरै ब्रान्ड न्यू मोडल रहेको भान पर्नेछ । एलइडी टेल ल्याम्पलाई टेलगेट सम्म सिधा बिस्तार गरिनेछ । जसको माथील्लो भागमा सुजुकीको लोगो दिइने छ भने लोगोको तल ब्रेजालाई बोल्ड अक्षरमा लेखिनेछ । साथै यसको इन्टिग्रिटेड स्पोइलर, हाई माउन्टेड स्टप ल्याम्प, रुफ रेल्स र रियर बम्परमा समेत नयाँ पन पाइनेछ ।
प्याडल सिफ्टर, सन रुफ र अन्य नयाँ फिचर्स
नयाँ सनरुफ जडान गरिएको यसको टप भेरियन्टमा भने प्याडल सिफ्टर समेत उपलब्ध हुनेछ । साथै अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट हाइब्रिड टेक्नोलोजी, पुश–बटन स्टार्ट/स्टप, क्रुज कन्ट्रोल, माउन्टेड कन्ट्रोलका साथ लेदर -याप गरिएको नयाँ स्टेरिङ ह्विल र नयाँ एसी भेन्ट जस्ता थुप्रै फिचर्स पाउन सकिनेछ ।
अपडेट गरिएको इन्टेरियर
एक्स्टेरियरमा जस्तै यसको इन्टेरियरमा समेत ब्यापक फेरबदल गरिनेछ । हाल बजारमा उपलब्ध मोडलको तुलनमा यसको ड्यासबोर्ड र सेन्टर कन्सोल लेआउटमा थुप्रै फेरबदल गर्न लागिएको होे । एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीका साथ ठूलो आकारको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत अन्य थुप्रै प्रकारका कनेक्टिभिटी र फिचर्सलाई अपडेट गरिनेछ ।
सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक...
मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बोलेनो नयाँ अबतार सहित बजारमा आउने...
काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...