नाडा अध्यक्ष उम्मेदवार करण चौधरीको प्यानलका साथ पोखराका व्यवसायीको अन्तरक्रिया

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभा र अधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु अहिले देश दौडाहामा सक्रिय छन् । केही समय अघिमात्र अध्यक्षका उम्मेदवार धुब्र थापाले आफ्नो प्यानलमा सामेल व्यवसायीको समुह नै लिएर पूर्वका विभिन्न शहरहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए । अध्यक्षका अर्का उम्मेदवार करण चौधरीले थापा पुग्नुभन्दा अगावै पूर्वका यी शहरहरुमा कार्यक्रम सम्पन्न गरिसकेका भए पनि उनी पोखराका व्यवसायीमाझ भने पुग्न सकिरहेका थिएनन् ।

यसैमाझ चौधरीले हिजो पोखरामा एक कार्यक्रमको आयोजना गरी व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । उनी नाडामा हालका अध्यक्ष कृष्णप्रसाद दुलाल र अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यसहित पोखरा पुगेका हुन् । चौधरीलाई हाल नाडामा पदाधिकारी रहेका अधिकांश व्यवसायीले साथ दिएका छन् भने कार्यसमितिमा सदस्य रहेका बहुसंख्यक व्यवसायी समेत उनको पक्षमा खुलेका छन् ।

उता पोखराबाट व्यवसाय शुरुवात गरेका थापा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनमा यसअघि अध्यक्ष भैसकेका कारण उक्त संस्थाको हालको नेतृत्व र अधिकांश व्यवसायी उनको पक्षमा खुलेर लागिपरेका छन् । साथै काठमाडौंका केही ठूला कर्पोरेट हाउस र जिल्ला बाहिरका संघसंस्थाले समेत थापालाई साथ दिने देखिएको छ ।

नाडाले यही मंसिर २२ र २३ गने काठमाडौंमा साधरणसभा आयोजना गर्न गैरहेको छ । साधरणसभासँगै आयोजना गरिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने हुँदा अहिले अटोमोबाइल व्यवसायीमाझ चुनावी सरगर्मी बढेको छ । विगतका अधिकांश नेतृत्व सर्वसम्मत चयन हुँदै आइरहेकोमा पछिल्लो केही वर्षयता यो निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ । नेतृत्वमा यसपाली पोखराबाट व्यवसाय शुरुवात गरेका धुब्र थापा र चौधरी ग्रुपका करण चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचारहरू

नाडाद्वारा एपीएफ अस्पताललाई मेडिकेटेड सामान हस्तान्तरण

नाडाद्वारा एपीएफ अस्पताललाई मेडिकेटेड सामान हस्तान्तरण

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पताललाई...

सवारी आयात प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक, नेपालमै विद्युतीय सवारी एसेम्बलिङ गर्न सुझाव

सवारी आयात प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक, नेपालमै विद्युतीय सवारी एसेम्बलिङ गर्न सुझाव

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका अध्यक्ष धु्रव...

नाडाको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यलयको पत्रचार

नाडाको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यलयको पत्रचार

काठमाडौं–नाडा आटोमोवाइल एसोसिएसन नेपाल (नाडा)ले भोली (पुष ९ गते)का लागि तय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...