दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

बुटवल – सडक दुर्घटनामा निधन भएकाहरुको स्मृति दिवसका अवसरमा सुरक्षित सवारी सञ्चालन सम्वन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

हरेक बर्ष नोभेम्वर महिनाको तेस्रो आइतबारका दिन संयुक्त राष्ट्रसंघको आह्वानमा सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम तथा दीप प्रज्वलन गरी यो दिवस मनाउने गरिन्छ । बुटवलमा सो कार्यक्रम अघिल्लो दिन शनिबार सम्पन्न गरिएको हो ।

नेपालमा सरकारी स्तरबाट कुनैपनि कार्यक्रम नगरिए तापनि गैर सरकारी क्षेत्रबाट स्मृति दिवस मनाउने गरिदै आएको छ ।

बिशेष गरेर दुई चक्के सवारी साधनका प्रयोगकर्ताहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा सहजीकरण गर्दै फेडेरेसन इन्टरनेसनल डेल अटोमोबाइल एशिया प्यासिफिकका कोषाध्यक्ष गोबिन्द भटराईले दुर्घटना न्यूनीकरणका लागि नागरिकलाई सचेत गराउनु पर्ने बताए ।

भटराईले दुर्घटना न्यूनीकरणका लागि यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउदै त्यसका लागि नीतिगत तहमा हुने लापरवाही हटाउन नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । आम नागरिकसँगै राज्यका सबै निकाय जिम्मेवार बने मात्र सडकलाई सुरक्षित बनाउन सकिने उनले बताए।

सुरक्षित यात्रा अभियान नेपाल र रोटरी क्लव अफ तिनाउ बुटवलको आयोजना तथा यातायात मजदुर तथा व्यवसायी भलाई कोष, रोटरी क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउन, रोट्याक्ट क्लव अफ क्यापिटल बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ बुटवल, रोट्याक्ट क्लव अफ लुम्विनी बाणिज्य क्याम्पस, रोट्याक्ट क्लव अफ रुपन्देही, रोट्याक्ट क्लव अफ बुटवल साउथ, रोट्याक्ट क्लव अफ सेन्टल रुपन्देहीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

रोटरी क्लव अफ तिनाउ बुटवलका अध्यक्ष प्रतिमा भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सहजीकरण गरेका थिए ।

नोभेम्बर तेस्रो आइतबारका दिन प्रत्येक वर्ष सडक दुर्घटनाबाट पीडित भएकाहरुको सम्झनामा विश्व दिवस World Day of Remembrance for Road Traffic Victims (WDR) मनाइन्छ ।

संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ ।

सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तजनले भोग्नुपरेका भावनात्मक तथा व्यावहारिक परिणामको दुर्दशालाई न्यूनीकरण गर्नका लागि केही सहयोग पुगोस् भन्ने यसको उद्देश्य हो ।

सम्बन्धित समाचारहरू

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार...

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स...

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...